Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चितवनमा रगतको अभाव

प्रत्यूष ६६९ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (१ साल अघि)
चितवनमा रगतको अभाव

नारायणगढ चितवन०, १८ वैशाख ।

गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँबाट माग पूर्ति गर्न नसकेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट आज मात्रै चार सय युनिट रगत माग गरी भरतपुर ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।

यहाँ माग पूर्ति गर्न नसक्दा अन्यत्रबाट रगत ल्याउने गरिएको भन्दै उहाँले एक महिना अघि पनि एक हजार युनिट रगत पोखराबाट ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी मौसममा रक्तदान कार्यक्रमको आयोजना कम हुन्छन्, प्रायः यस मौसममा रगतको अभाव हुने गर्दछ ।” उहाँले रक्तदाताको सङ्ख्या घट्दा पनि रगतको अभाव देखिएको बताउनुभयो ।

धेरै सङ्ख्यामा युवा विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्यासँगै रगतको पनि अभाव हुने गरेको उहाँको भनाइ थियो । रगतको अभाव हुँदा अझ माग बढ्ने गरेको उहाँले बताउनुभयो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रक्तदानको कार्यक्रम कम हुँदा रगतको अभाव भएको बताउनुभयो ।

उहाँले संस्थाको सम्पर्कमा भएका दैनिक १० देखि १५ जना रक्तदातालाई रक्तदान गर्न रक्तसञ्चार केन्द्र पठाउने गरेको जानकारी दिनुभयो । रेडक्रस र आयोजक संस्थाको समन्वय कम हुँदा पनि रक्तदानका कार्यक्रम कम भएको उहाँको भनाइ थियो ।

रक्तदान गर्न अपिल

रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । अपिलमा भनिएको छ, “भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगायत निजी र प्राइभेट, सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दो भएकाले र हाल गर्मी मौसमका कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुनु भएकाले रगतको मागमा हाल अत्यधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान, दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घ संस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनुहुनका लागि हार्दिक अपिल गर्दछौँ ।”

इच्छुक रक्तदाता एवं रेडक्रसकर्मीले नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत मातहतका रक्तसञ्चार युनिट (क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, वघौडा अस्पताल आकस्मिक रक्तसञ्चार एकाइ, रत्ननगर नगरपालिकाअन्तर्गत नेरेसो रक्तसञ्चार एकाइ) मा गई रक्तदान गरी सहयोग पु¥याइदिनु हुनका लागि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले जारी गरेको अपिलमा अनुरोध गरिएको छ ।

मेडिकल सिटिका रुपमा विकासहुँदै गएको यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो सङ््ख्यामा बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

  • जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

  • बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १५ गते मंगलबार

    २०८२ पुस १५ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को  परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी  सार्वजनिक सूचना

    लापा खोला जलविद्युत आयोजना (४.७२ मे.वा.) को परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (RIEE) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    जीवनउपयोगी शिक्षा आवश्यक छ ’

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution