Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

२५९३ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ५, बुधबार (२ साल अघि)
अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरूले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र एक दशमलव छ प्रतिशतले बढेको छ ।

चीनको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट सुधारमा आउन सङ्घर्ष गर्नुपरेको छ । कोभिड–१९ महामारीका कारण मागमा मन्दी र रियल स्टेटमा देखिएको सङ्कटका कारण आर्थिक विकास प्रभावित भएको थियो ।

चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण रियल स्टेट क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्दछ ।

पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात प्रतिशतको वार्षिक आधारमा बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ ।

अक्सफोर्ड इकोनमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी–मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शन ले सहयोग गरेको छ भने चन्द्र नववर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ ।

बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्त्वाकांक्षी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ ।

यस्तो बलियो वृद्धिले सामान्यतया क्षेत्रभर सेयर मूल्य उच्च पार्ने भए पनि मङ्गलबार वाल स्ट्रिटमा स्टकहरू पछि हटेपछि एसियाली सेयरहरू तीव्ररूपमा घटेको छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution