Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ४, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद्मा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई ५० हजार राहत

प्रत्यूष ३०५ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २०, मंगलबार (१ साल अघि)
विपद्मा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई ५० हजार राहत

गोरखा, २० चैत ।

गोरखा नगरपालिकाले विपद्लगायत अन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपद्मा परी मृत्यु भएमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

नगरपालिका विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्दै नगरपालिकाले बालीनालीको क्षति, पशु मरेमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

स्वीकृत कार्यविधि अनुसार विपद्को घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार तथा घाइते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई रु १५ हजार उपलब्ध गराइनेछ । विपद्बाट नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा रु २५ हजार, आंशिक क्षति भएमा रु १५ हजार, कच्ची घर पूर्ण क्षति भएमा रु २० हजार र आंशिक क्षति भएमा रु १० हजार राहतस्वरुप प्रदान गरिने नगरप्रमुख रानामगरको भनाइ छ ।

विपद्बाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा रु १० हजार, आंशिक क्षति भएमा रु सात हजार, सामान्य टहरो पूर्ण क्षति भएमा रु आठ हजार, सामान्य क्षति भएमा रु पाँच हजार, घरको आँगन, पर्खाल, कर्सा वा अन्य क्षतिभएमा रु तीन हजार, आगलागीबाट परालको टौवा क्षति भएका बढीमा रु १० हजारसम्म राहत दिने व्यवस्था कार्यविधिले गरेको छ ।

कार्यविधिमा नगरपालिकाले कृषिबाली तर्फ हुने क्षतिमासमेत किसानलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । “खाद्यान्न र तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा प्राविधिकलागत अनुमानका आधारमा बढीमा रु २० हजारसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ”, उहाँले भन्नुभयो, “विपद्मा परेर पशुपक्षी तथा मत्स्यतर्फ पनि कार्यविधिले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।”

नगरपालिकाले स्वीकृत गरेको कार्यविधिमा विपद्बाट भैँसी, गाईगोरुमा मरेमा प्रतिगोटा बढीमा रु १० हजार, भेडाबाख्रा, बङ्गुर तथा सुङ्गुर मरेमा बढीमा रु पाँच हजार, व्यावसायिक दता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएका रु २० हजार तथा गोठखोर क्षति पुगेमा रु १० हजारसम्म क्षतिपूर्ति रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

कार्यविधि स्वीकृत भएसँगै शनिबार चितवनको इन्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर मुत्यु भएका गोरखा नगरपालिकाका पाँच जना मृतक र एक जना बेपत्ता भएका व्यक्तिको परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

  • राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

  • सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

  • जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

    जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

    जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution