धादिङ,१६ चैत्र ।
जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितलाई करिब ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
१२ सय मेगावाटको यो आयोजनाका लागि अहिलेसम्म झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको उहाँले बताउनुभयो । केही छुटेका तथा विभिन्न समस्याले रकम नपाएकालाई मात्र मुआब्जा वितरण बाँकी रहेको र उनीहरुलाई पनि छिट्टै मुआब्जा वितरण गरिने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा र धादिङको सीमा क्षेत्रमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाका कारण धादिङका १३ र गोरखाका १४ गरी साविक २७ गाविसका बासिन्दा प्रभावित हुनेछन् । आयोजनाले ३ हजार ५ सय ६० परिवार पूर्ण रूपमा विस्थापित हुने छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |