Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भीमसेन थापामा ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान

रासस ४७२ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १२, सोमबार (१ साल अघि)
भीमसेन थापामा ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान

गोरखा, १२ चैत ।

विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियान स्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ ।

पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने रणनीतिक स्वरुप पनि अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो । विद्यालयभन्दा बाहिर कोही पनि बालबालिका रहन नदिने गाउँपालिको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अभियान नै सञ्चालन गरिएको उहाँको भनाइ छ ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजानका लागि पनि गाउँपालिकाले थप योजना बनाएर कार्यान्वयन गरिरहेको छ”, उहाँले भन्नुभयो, “यसले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण पनि विस्तारै बढ्दै जानेछ ।”

त्यस्तै सामुदायिक विद्यालयप्रति सबैको विश्वास अभिवृद्धिका लागि पालिकाभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।

“सामुदायिक विद्यालय प्रति सबै अभिभावक र बालबालिकाको आकर्षण गर्न पहिले पालिकाभित्रका सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने हाम्रो जोड छ”, उहाँले भन्नुभयो, “अनि मात्र अरुलाई पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउनुस् भन्नसक्ने नैतिकता हामीलाई हुन्छ ।”

पालिकाभित्र सार्वजनिक पदमा बहाल रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सङ्घका पदाधिकारीले आगामी शैक्षिकसत्र २०८१ देखि अनिवार्यरुपमा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उहाँले बताउनुभयो ।

“पालिकाभित्र रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा दिएर सबल र सक्षम बनाउनु गाउँपालिकाको जिम्मेवारी हो”, अध्यक्ष बञ्जराले भन्नुभयो, “हामीले निजी विद्यालयले प्रदान गर्नेभन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ र त्यसका लागि सबैले भूमिका खेल्नुपर्छ ।”

गाउँपालिकाले पालिकाभित्रका सबै वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका निजी वा संस्थागत विद्यालयमा अध्ययनरत भए विवरण सहितको जानकारी पालिका शिक्षा शाखामा पठाउन पनि सबै वडालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution