Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

रासस २५९ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १२, सोमबार (१ साल अघि)
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी हुनुभएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिनुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

सो अवसरमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारी लगायतको सहभागिता थियो । चितवनबाट प्रमुख रेग्मी नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौँ आएको हो ।

भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापना लगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहाल समक्ष पहल कदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution