Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ४, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छः मुख्यमन्त्री जम्कट्टेल

रासस ५८५ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १०, शनिबार (१ साल अघि)
साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छः मुख्यमन्त्री जम्कट्टेल

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

“साइक्लिङ प्रदूषणरहित यात्रा हो । यसले स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । गाडीको विकल्पका रुपमा साइकलको प्रयोग गर्न सके मानव स्वास्थ्यलाई फाइदा हुने उहाँको भनाइ छ ।

मन्त्री जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन गर्ने हो । त्यसलाई पूरा गर्नका लागि अविचलित भएर हामी लाग्नुपर्छ ।”

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष रेनु दाहालको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा देशभरका ८५ जना राइडरको सहभागिता छ । उनीहरुले चार दशमलव पाँच किलोमिटर दूरी साइक्लिङ गर्नेछन् । छ वटा विधामा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रू ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिने छ । इलिट मेन, वमेन, मास्टर मेन, जुनियर मेन, स्पेसल चितवन मेन र वमेन विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • बाथरोग सेन्टरबाट  जेष्ठ प्राध्यापकलाई  ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

    बाथरोग सेन्टरबाट जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

  • पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

    पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

  • गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  • मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाथरोग सेन्टरबाट  जेष्ठ प्राध्यापकलाई  ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

    बाथरोग सेन्टरबाट जेष्ठ प्राध्यापकलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

    पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

    पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution