Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भारतीय राजदूतावासले मनायो ५९औँ ‘आइटेक’ दिवस

रासस ३५९ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १०, शनिबार (१ साल अघि)
भारतीय राजदूतावासले मनायो ५९औँ ‘आइटेक’ दिवस

काठमाडौँ, १० चैत ।

भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार भएको कार्यक्रमम एम्सका पूर्वविद्यार्थी एवं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाउनुभएको थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताउनुभयो ।

सन् २०२३–२०२४ मा, नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिँदै उहाँले नेपालका सरोकारवालाको रुचिलाई ध्यानमा राख्दै आइटेक अन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी तालिमका अवसर प्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा संसद्, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी) , भारतका शैक्षिक संस्थाका प्रमुख पूर्वनेपाली विद्यार्थी गरी ३०० बढीको उपस्थिति थियो ।

वरिष्ठ आइटेक अलम्नाइ–राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपालका महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, ऊर्जा, पूर्वसचिव दिनेश घिमिरे, सङ्घीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे, सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोषकुमार ढकालले प्यानल छलफलमा सहभागी भई आ–आफ्नो आइटेक अनुभव सुनाउनुभएको थियो ।

कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले नृत्य प्रस्तुत गरेको थियो । घनिष्ठ एवं नजिकको छिमेकीको नाताले भारत सरकारले बितेका १५ वर्षमा दुई हजारभन्दा बढी नेपालीलाई आइटेकअन्तर्गत तालिम दिएको दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution