सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो ।
अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य हुनुहुन्छ । सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो ।
त्यो आयोगले पाँच हजारभन्दा बढी मिटरब्याज सम्बन्धी लेनदेन टुङ्ग्याएको थियो । तर त्यसले समस्या समाधान नगरेको भन्दै पीडितहरु २३ दिन पैदल हिंडेर काठमाडौँ आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो ।
त्यही सहमति अनुसार गृह मन्त्रालयको प्रस्तावमा आयोग गठन भएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |