Logo
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २०, शुक्रबार
आजको ई-पेपर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दादुरा खोप ९६ प्रतिशत बालबालिकाले लगाए

प्रत्यूष ८५२ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ८, बिहिबार (२ साल अघि)
दादुरा खोप ९६ प्रतिशत बालबालिकाले लगाए

काठमाडौँ, ८ चैत ।

सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्याङ्कअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताउनुभयो । उहाँका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा करिब ५६ लाख ४३ हजार नौ सय १२ बालबालिकाले खोप लगाएका छन् ।

“हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्”, उहाँले भन्नुभयो, “प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशत खोप लगाएको पाइएको छ, पूर्ण तथ्याङ्क आउँदा करिब शत प्रतिशतले खोप लगाएको हुनुपर्दछ ।” सरकारले यस वर्ष दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिम रुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिमरुकुम र जाजरकोटमा यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो ।

खोप भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइएको थियो । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्य केही घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

  • प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

  • आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

  • आजदेखि संसद् अधिवेशन

    आजदेखि संसद् अधिवेशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ चैत्र १८ गते बुधबार

    २०८२ चैत्र १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य केही घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

    आजदेखि संसद् अधिवेशन

    आजदेखि संसद् अधिवेशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    © २०७९ प्रत्यूष Designed by: GOJI Solution