 
    
काठमाडौँ, २ चैत ।
नेपाली बजारमा आज सुन मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो ।
बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।



प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी | 
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... | 
| कानूनी सल्लाहकार : | ..... | 
| बजार ब्यबस्थापक : | ..... |