Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

रासस २३१ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन (बागलुङ), २ चैत ।

तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ ।

विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो । बुर्तिबाङ बजारदेखि तमानखोला–३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुङ्गा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोङ्गा दोभानबाटै पुग्नुपर्छ ।

दुर्गम पालिकालाई पक्की सडकले जोड्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ । बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ–बोङ्गादोभान सडक कालोपत्रे गरिने भएको छ । ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् ।

भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ । अग्ला–अग्ला पहाड र खोँच छिचोल्दै बस्ती पुगिने हुँदा सडक पनि साह्रै साँघुरा र अप्ठ्यारा छन् । साँघुरा सडकका कारण समय–समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ खबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताउनुभयो । सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताउनुभयो । पालिकाको बजेटले नभ्याउने, केन्द्र र प्रदेशबाट बजेट नपर्दा अहिलेसम्म विकासमा पछि परेको उहाँ बताउनुहुनछ । प्रदेश सरकारमा आफूले ठूलो कसरत गरेपछि मात्रा बजेट व्यवस्थापन गर्न सफल भएको उहाँको भनाइ छ । तीन वर्षमा सक्ने गरी ठेक्का अगाडि बढ्ने भन्दै यस वर्ष पाँच करोडको काम हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन, अब तमान खोलावासीले पनि कालोपत्रे सडक देख्न र यात्रा गर्न पाउने छन्, यो बहुवर्षे योजना हो, एकै वर्षमा सकिँदैन, तीन वर्षसम्म सक्नुपर्नेछ, यस वर्ष पाँच करोड विनियोजन भएको, बजेट पनि निरन्तर आउने आउने काम पनि हुँदै जानेछ, योसँगै बोङ्गा दोभान–खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर सहरी सडक पनि स्तरोन्नतिका लागि डिपिआर गरेका छौँ भने घट्टबोट र धोमइघाटमा मोटरेबल पुल निर्माणका लागि पनि डिपीआर भएको छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाको सीमित स्रोत साधनले सडक कालोपत्रे गर्न नसकिएको बताउनुभयो । पुल निर्माण र सडक कालोपत्रेका लागि ठूलो बजेट चाहिने तर पालिकाको बजेटले नपुग्ने हुँदा वर्षौंदेखि यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको उहाँको भनाइ छ । बुर्तिबाङ बजारदेखि बोङ्गा दोभानसम्म जोड्ने सडकमा दुई वटा पुल बनेका छन् ।

ढोरपाटन –३ को हुँद्रा फेदी खोला र तमान खोलाको बालिबाङ खोलामा पुल नबन्दा बर्खामा यातायात ठप्प हुने स्थिति थियो । तीन वर्ष अगाडि हुँदा फेदी र दुई वर्ष अगाडि बालिबाङ खोलामा पक्की पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको अध्यक्ष बुढा मगरले बताउनुभयो । अप्ठ्यारो सडकका कारण यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने भन्दै छोटो दूरीमा पनि धेरै भाडा तिर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ ।

“सडक कालेपत्रे गर्न त हामीले चाहेर पनि सकिदो रहेनछ, एक किलोमिटर सडक कालोपत्रे गर्न लाखौँ रकम चाहिँदो रैछ, यति लामो सडक कालोपत्रे गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दो रहेनछ”, उहाँले भन्नुभयो, “विगतमा माथिल्लो सरकारबाट निकै कम बजेट आयो, त्यसले कामनै गर्न सकिएन, यस वर्ष गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेर काम अगाडि बढाउन थालेको छ, यसले यहाँका नागरिकलाई सहज बनाउने छ ।”

सडक कालोपत्रेको काम पूर्वाधार विकास कार्यालयमार्फत हुनेछ । गण्डकी प्रदेश अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर दिपेश रिगलले जानकारी दिनुभयो । अब तत्काल कार्यालयले सडकको काम अगाडि बढाउने भन्दै ठेक्का प्रक्रियामा गएर काम गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution