Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

प्रत्यूष ८५८ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २९, मंगलबार (२ साल अघि)
राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

काठमाडौँ, २९ फागुन ।

परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ ।

कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ ।

माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राख्नुभएका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील हुनुभएको थियो ।

पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पु¥याउनुभएको थियो ।

विसं २०१९ उहाँ सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो । उहाँले शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गर्नुभएका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँ बाल्यकालमै कम्युनिष्ट पार्टीप्रति आस्थावान् बन्नुभएको थियो । कम्युनिष्ट पार्टी सत्तामा आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले आफूलाई कम्युनिष्ट पार्टीप्रति आकर्षित गरेको उहाँले सार्वजनिक रुपमा बताउनुभएको थियो ।

कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिष्ट पार्टीका प्रकाशनहरु निःशुल्क र कतिपय पुस्तकहरु सस्तो मूल्यमै पाइन्थ्यो । विद्यार्थीकालमा नै दाहाललाई धेरै चिनियाँ कम्युनिष्ट पार्टीका ‘चीन सचित्र’, ‘रेडबुक’ जस्ता पुस्तकले थप प्रेरित गरेको थियो ।

विसं २०२७ जेठ १ मा विद्यार्थी दिवसका अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी हुनुभएका दाहाल दाजुभाइ दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिनुभएको थियो ।

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिनुभयो । तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बन्नुभयो ।

विसं २०३६ मा स्नातक तह उत्तीर्ण गरेपछि एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन हुनुभयो । सो कमिटीमा एक वर्ष काम गर्नुभएका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुग्नुभएको थियो ।

अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहनुभयो । सङ्गठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनीतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेल्नुभयो ।

विसं २०३७ देखि पार्टीको पूर्णकालीन सदस्य बन्नुभएका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । नवनिर्वाचित अध्यक्ष दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

विसं २०४६ देखि नेपाल फर्किएर पार्टी आन्दोलनमा योगदान गर्ने उद्देश्यले नेपाल फर्कनुभएका दाहाल प्रवासको पार्टी गतिविधिमा कमी आएपछि पार्टी केन्द्रको निर्देशनमा पुनः भारत जानुभयो । सशस्त्र सङ्घर्ष उत्कर्षमा चल्दै गरेको बेला २०६० मा पार्टी निर्देशनमै नेपाल आउनुभएका दाहालले भेरी–कर्णाली क्षेत्रका विभिन्न तीन जिल्लाको पार्टीको जिम्मेवारी पूरा गर्नुभएको थियो ।

उहाँले कास्कीको समेत जिल्ला इञ्चार्जको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै, काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला इञ्चार्ज र उपत्यका आसपासका विभिन्न जिल्लाको समेत जिल्ला इञ्चार्जको भूमिकाा निर्वाह गर्नुभएका दाहाल जनतासँग जोडिएका नेताका रुपमा स्थापित हुनुहुन्छ।

तत्कालीन नेकपा माओवादीको मुख्य राजनीतिक ‘एजेन्डा’ मानिएको संविधानसभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पूरा गर्न गठन गरिएको व्यवस्थापिका–संसद् २०६३ मा उहाँ सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभयो । विसं २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित बन्नुभएका दाहालले नेपालको ऐतिहासिक संविधानसभामार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभयो ।

अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गर्नुभयो । परिवारका सबै सदस्य पूर्णकालीन रुपमा विभिन्न सङ्गठनमा क्रियाशील गराउनुभएका दाहालले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विषय नै प्रमुख विषय भएको बताउनुहुन्छ ।

विशेषगरी पदलाई भन्दा जिम्मेवारीलाई महत्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि इमान्दारीपूर्वक निर्वाह गर्नुभएको उहाँका सहकर्मीहरु बताउँछन् । उहाँले एउटा प्रसङ्गमा भन्नुभएको थियो, “म निष्पक्ष ढङ्गले पार्टीले खटाएको काम गर्छु, निष्ठाको राजनीतिमा विश्वास गर्छु, पार्टी ‘कमान्ड’को निर्देशन पालना गर्छु, मेरो इतिहासमा बेइमान भन्ने चाहिँ हुँदैन ।”

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने दाहाल कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्नुहुन्छ । पार्टीलाई जनमुखी बनाउनुपर्ने धारणा राख्नुहुने दाहाल जनतालाई उचित लागेको कुरामा निरन्तर लाग्नुपर्ने बताउनुहुन्छ । वामपन्थी आन्दोलनमा नयाँ विचारको विकाससहित वैज्ञानिक समाजवादमा पुग्न सकिने उहाँको कथन छ । प्रधानमन्त्री प्रचण्ड र दाहालका हजुरबुबा भने सहोदर दाजुभाइ हुनुहुन्थ्यो ।

प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकै दिन २०१९ सालमा पाँच कट्ठा जमिन किनेर चितवन बसाइँ सर्नुभएको थियो । हाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहनुभएका दाहाल २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बन्नुभएको थियो ।

भारतका विभिन्न सहरमा नेपालीले गरेको दुःखदेखि गरिबी र पछौटेपनले पछाडि पारेको कर्णालीका विभिन्न बस्तीको राम्रो जानकारी राख्नुहुने दाहाल राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी सम्हाल्ने ठाउँमा पुग्नुभएको छ । यो भूमिकालाई उहाँले इमान्दारीपूर्वक निर्वाह गर्ने सोमबार उम्मेदवारी दर्ताकै क्रममा बताइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution