Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

रासस ४३९ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २८, सोमबार (१ साल अघि)
सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

काठमाडौँ, २८ फागुन ।

साहित्यकार राम लामा ‘अविनाशी’ द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज यहाँ आयोजित कार्यक्रममा प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गर्नुभयो ।

यसअघि ‘पिल्सिएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसक्नुभएका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो । उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण सङ्ग्रहित छन् ।

साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ सहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, विरक्तिँदा खानी खोश्री, आफू गयाँै नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली, क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरु श्रव्यदृश्य प्रकाशित भइसकेका छन्।

सुरभी साहित्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा बोल्दै प्रा डा लुइँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेल्नुभएको भूमिका सराहनीय रहेको बताउनुभयो । “आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो”, उहाँले भन्नुभयो ।

उक्त कृतिमा आप्रवासको झल्को पाइएको उहाँको भनाइ थियो । प्रा डा लुइँटेलले कृति सरल र पठनीय रहेको उल्लेख गर्नुभयो । पुस्तकको समीक्षा गर्दै नेपाल सरकारका पूर्वसचिव एवं समालोचक गोपी मैनालीले प्रवासमा रहेर नेपाली साहित्य, सङ्गीत र समाज सेवामा समर्पित व्यक्ति साहित्यकार लामा भएको बताउनुभयो । साहित्य मनका वेदना पोख्न लेखिने गरेको उहाँको भनाइ छ ।

“पुस्तकमा विभिन्न क्षेत्रको वर्णन गरिएको छ, पुस्तक घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको छ, उक्त कृति म पात्रमा आधारित भएर लेखिएको छ”, उहाँले भन्नुभयो । व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने र सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्तिले उनलाई छुट्टै पहिचानमा उल्लेख गरेको समालोचक मैनालीले बताउनुभयो । उहाँले पुस्तकको भाषाशैली सरल रहेको बताउनुभयो ।

वरिष्ठ समालोचक एवम् पूर्वप्रशासक युवराज मैनालीले स्मृतिका बिम्बहरु विमोचनसँगै नेपाली साहित्यमा नयाँ इँटा थपिएको बताउनुभयो । लेखकको मन नेपालमा र भौतिक शरीर अमेरिकामा भएको उहाँको भनाइ थियो । समालोचक मैनालीले किताब सरल र सहज भएको बताउनुभयो । उहाँले कृति पठनीय भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ समालोचक लीला लुइँटेलले संस्मरण लेख्ने काम सारै गाह्रो भएको भन्दै नयाँ कृतिका लागि लेखकलाई धन्यवाद दिनुभयो । पछिल्लो समय संस्करण लेख्ने चलन फस्टाउँदै गएको उहाँको भनाइ थियो । सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, वरिष्ठ पत्रकार प्रदीप चापागाइँ, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल चलचित्र क्षेत्रका निर्देशक आकाश अधिकारी, वरिष्ठ पत्रकार तारा बराल, लेखक केनी पाण्डेलगायतले प्रवासमा बसेर नेपाली साहित्य क्षेत्रको विकासमा साहित्यकार अविनाशीले पु¥याउनुभएको योगदान सबैका लागि उदाहरणीय रहेको बताउनुभएको थियो ।

साहित्यकार लामाले डा एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड २०२२, रारा राष्ट्रिय म्युजिक अवार्ड २०२२, हिमालयन इन्टरनेशनल जुरी अवार्ड २०२३ लगायतका उत्कृष्ट अवार्ड तथा सम्मानपत्र र पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँले अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा कविडाँडा अविनाशी उत्कृष्ट पुरस्कारको प्रायोजन समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution