Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

प्रत्यूष ३२० पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २७, आईतबार (१ साल अघि)
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २७ फागुन

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक चार दशमलव २१ र जीवन बीमा समूहको उपसूचक एक दशमलव ८४ प्रतिशतले बढेको छ । बैकिङ समूह शून्य दशमलव ७४, विकास बैंक एक दशमलव ०८, वित्त समूह एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव १२ र लगानी समूह एक दशमलव २६ प्रतिशतले बढेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१, म्युचुअल फण्ड एक दशमलव ०१, निर्जीवन बीमा एक दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २२ करोड ९३ लाख २५ हजार छ सय ४३ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

  • नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution