Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

१०९८ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २५, शुक्रबार (२ साल अघि)
बृहत् यौनिकता शिक्षा  र  प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

काठमाडौँ, २५ फागुन : किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् । नेपाल परिवार नियोजन सङ्घद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोरकिशोरीले आफूहरुलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औँल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । विगत दुई दशकदेखि सङ्घले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुवै सस्थामा आबद्ध किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ । यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले सङ्घले यही सेरोफेरोमा कायम बृहत्त यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार , सस्कृति र यौनिकता, लैङ्गिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवद्र्धन गर्दछ ।

कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिकता शिक्षा युवाको आवश्यकता र सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको सहयोगीका रुपमा सङ्घले किशोरकिशोरी तथा युवा, एचआइभी÷एड्स, सुरक्षित गर्भपतन, सेवाको पहुँच, किशोरकिशोरीलाई उमेरअनुसारको सूचना, शिक्षा र सिकाइजस्ता कार्यक्रम सञ्चालन गरिराखेको छ ।”

हेल्भिटास नेपालका राष्ट्रिय निर्देशक डा प्रवीण मानन्धरले शरीर, स्वास्थ्य र भविष्यका बारेमा किशोरकिशोरीलाई सक्षम बनाउन लगानी बढाउनुपर्ने खाँचो आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “जिम्मेवार एवं दक्ष जनशक्तिले मात्र परिवर्तन सम्भव छ । यसका लागि किशोरकिशोरीले आफ्नो क्षमतालाई तिख्खर बनाउँदै भविष्यको नेतृत्व लिने आँट देखाउनुपर्छ । समानता र समावेशीता व्यवहारतः कार्यान्वनमा आएको छैन ।” सङ्घका केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले लैङ्गिकताको आधारमा सबै वर्ग, उमेर र समुदायको सामाजिक, अर्थिक र मानवीय विकासमा समान पहुँच र समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेका जनाउँदै महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको टिप्पणी गर्नुभयो । सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले किशोर किशोरी बीचको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिक शिक्षासम्बन्धी छलफलले उनीहरुलाई सवलीकरण, सक्षम बनाउन र भविष्यमा युवामैत्री नीति बनाउन र यसको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा कार्यक्रक सङ्घको निर्देशक डा वीना श्रेष्ठ, जेण्डर तथा एड्भोकेसी प्रमुख जमुना सिटौला र सङ्घका उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले सङ्घद्वारा प्रदान गरिरहेका किशोरकिशोरीका सेवा तथा अभियानका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, मेरो शरीरः मेरो अधिकार, युवाको अर्थपूर्ण सहभागिता र लैङ्गिक हिंसाका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा सङ्घका विभिन्न समुदाय, अपाङ्गता भएका युवा, यौनकर्मी महिला, एचआइभी सङ्क्रमित युवाले आफ्नो अनुभव र सिकाइ र सङ्घमा आबद्ध भएर क्षमता अभिवृद्धि कसरी भयो भन्ने कुरालाई प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका विश्व युवा सञ्जालकी नेपालकी प्रतिनिधि वर्षा पाण्डेले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • Post Thumbnail

    जग्गा भाडामा लिएर सयपत्री खेती

  • Post Thumbnail

    भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Post Thumbnail

    सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

    Post Thumbnail

    राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बडादसैँको शुभकामना

    Post Thumbnail

    उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution