मकवानपुर, १५ फागुन ।
बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले जानकारी दिनुभयो ।
आजको सो प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन ।
सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो । बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन । दलबीचको विवादका कारण यहाँको प्रदेशसभा बैठक प्रभावित हुँदै आएको हो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |