Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग

रासस ३०३ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १३, आईतबार (१ साल अघि)
नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग

पाटन (ललितपुर), १३ फागुन ।

नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तक्र्रियामा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारीरुपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिएका हुन् ।

अन्तक्र्रियामा कार्यपत्र प्रस्तुत गर्नुहुँदै माओवादी केन्द्र प्रचार विभागका सहइञ्चार्ज महेश्वर दाहालले पत्रकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्न सामाजिक सञ्जालको सही तरिकाले प्रभावकारी हुनेगरी उपयोग गर्नुपर्ने बताउनुभयो । “वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, यसको व्यवस्थित जग भने दक्षिण कोरियाबाट निर्माण भएको हो।

अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्मिएका छन्, यसको सही प्रयोगबाट नै आजको युगमा प्रभावकारीरुपमा नागरिकमैत्री पत्रकारिता गर्न सकिन्छ”, दाहालले भन्नुभयो । कार्यक्रममा ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास दक्षिण कोरियाबाट निर्माण भएको बताउनुभयो । उहाँले सन् २००० देखि सामाजिक सञ्जालको प्रयोग र प्रचारले फड्को मार्दै आएको प्रष्ट पार्नुभयो ।

दक्षिण कोरियाका अनलाइन उद्यमी ओह येओन–हो नेतृत्वको टिमले ‘सबै नागरिक रिपोर्टर’ का अवधारणा ल्याएको जानकारी गराउनुहुँदै उहाँले सात सय २७ जना नागरिक रिपोर्टरबाट सुरु भएको अनलाइन सूचना प्रणाली सन् २००७ सम्म आउँदा सय देशबाट ५० हजार नागरिक रिपोर्टरसहित विस्तार भएको र अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्माएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्नुहुँदै सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा सरल तरिकाले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले विद्युतीय माध्यमको प्रयोगका सकारात्मक र नकारात्मक पक्षमा प्रकाश पार्नुहुँदै लोकतन्त्रको रक्षार्थ पत्रकारिता प्रभावकारी ढङ्गले उत्रनुपर्नेमा जोड दिनुभयो ।

युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताका अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गर्नुभयो । कार्यक्रममा महालक्ष्मी–६ का वडाध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी सङ्गठनले सहयोग नगरेको दुखेसो पोख्नुभयो ।

ललितपुर महानगरपालिका–२ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो ऐतिहासिक बस्ती खोकनाको सवलपक्षको प्रचारप्रसारमा ध्यान दिन पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कोन्ज्योसोम वडा नं ५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीका रुपमा वर्षौं दुःख खेपेको बताउनुभयो ।

उहाँले अहिले भारदेउ राजधानीको नजिकको पर्यटकीयस्थल रहेको बताउँदै सोकाबारेमा उजागार गर्न पत्रकारलाई आग्रह गर्नुभयो । बागमती गाउँपालिका–५ इकुडोलका अध्यक्ष नवराज तिमल्सिनाले जिल्लाका हरेक पालिकाका सम्भावनालाई उजागर गर्न पालिका तहमै पुगेर जनप्रतिनिधिसँग बहस र छलफलका कार्यक्रम चलाइनुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफूले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले स्थानीय तहका सूचना अधिकारीले नागरिकले मागेको सूचना सहजैरुपमा उपलब्ध गराउने परिपाटी बसाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, बागमती प्रदेशसभाका पूर्वसदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेससेन्टर उपत्यका प्रदेश इञ्चार्ज निर्मल ज्ञवाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution