Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वीरगञ्जमा पुन : निषेधज्ञा

रासस ६३७ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ८, मंगलबार (१ साल अघि)
वीरगञ्जमा पुन : निषेधज्ञा

वीरगन्ज (पर्सा), ८ फागुन ।

वीरगन्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ । रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगन्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू भएको जनाइएको छ ।

पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा लागू हुने सूचनामा उल्लेख छ । निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुनलगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको प्रजिअ भुसालले बताउनुभयो ।

वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताउनुभयो । महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्रलगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

यसैबीच, पर्साको स्थानीय प्रशासनले धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रसारण नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै वीरगन्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रणभित्रै रहेको भन्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ९ गते बुधबार

    २०८२ पुस ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution