Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १, मंगलबार (१ साल अघि)
एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

काठमाडौँ, १ फागुन ।
एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् ।
मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो । दुई सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १३ दशमव पाँच ओभरमा मात्र १३ रनमा समेटियो ।
नेपालका लागि रुबिनाले ५४ बलमा शतक प्रहार गरिन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन ।  यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् ।
आजको खेलमा रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्का हानिन् । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान दिइन् । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले १५ तथा कविता कुवँले १३ रन बनाइन् ।
बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले तीन तथा नब्बा नासिमले एक विकेट लिइन् । माल्दिभ्सलाई मात्र १३ रनमै समेट्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक चार विकेट लिइन् । यस्तै पूजा महतो र रुबिना श्रेत्रीले तीन तीन विकेट लिइन् ।
माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुमाया विन्थ अब्दुल हमिदले पाँच तथा नब्बा नासिम र हफसा अब्दुल्लाले दुई दुई रन बनाए । लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई आठ आठ विकेटले पराजित गरेको थियो  ।
लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution