Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

रासस ५९१ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २९, सोमबार (१ साल अघि)
हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

गण्डकी, २९ माघ ।

स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ ।

पोखरा र आसपासका विशेषगरी ग्रामीण क्षेत्रका पर्यटकीयस्थललाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आइएकोमा यस पटक स्याङ्जाको नुवाकोट कालाभैरव मन्दिरलाई लक्षित गरिएको हो । क्लबका अध्यक्ष कृष्ण रानाभाटका अनुसार यस संस्करणमा पोखराको छोरेपाटन हुँदै दोपहरे पुगी त्यहाँबाट हाइकिङ गर्दै कृष्ति मट्टिखान, दुवाकोटबाट नुवाकोट कालाभैरव मन्दिरसम्म पुगिएको हो ।

“यस क्षेत्रकै प्राचीन इतिहास रहेर पनि प्रवद्र्धन हुन नसक्दा अपेक्षित रुपमा पर्यटकीय उपयोग हुन नसकेको वास्तविकतालाई दृष्टिगत गरी हामीले ४३ औँ संस्करणका लागि स्याङ्जा नुवाकोटलाई रोजेका हौँ”, उहाँले भन्नुभयो, “पर्यटकीय राजधानी घोषणा हुँदै गरेको पोखराको पर्यटकीय विकाससँगै आसपासका पर्यटकीय गन्तव्यको पनि प्रवद्र्धन अपरिहार्य छ ।”

पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थलमध्येको एक स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर रहेको उहाँले बताउनुभयो। इतिहास अनुसार पन्ध्रौँ शताब्दीको प्रारम्भतिर विसं १५/१० मा मिन्चाखान (वास्तविक नाम अजय खान) ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए ।

तत्कालीन समयदेखि नै एउटा महत्वपूर्ण शक्तिपीठका रुपमा कालाभैरवको पूजाअर्चना गर्दै आइएको पाइन्छ । तत्कालीन समयमा यो स्थल नुवाकोट राज्यका रुपमा चासो र चर्चा कमाएको थियो । यो ठाउँ स्याङ्जा जिल्लाको उत्तरी भेगमा सदरमुकामबाट करिब १५ किमी उत्तर फेदीखोला गाउँपालिका वडा नं २, पुतलीबजार नगरपालिका–४, ५ को सङ्गममा समुद्री सतहबाट करिब एक हजार नौ सय मिटरको उचाइमा रहेको छ ।

तत्कालीन राज्यको शिरमा रहेको कालाभैरवलाई अत्यन्त श्रद्धाभक्तिका साथ त्यही समयदेखि नै पूजाआजा गर्दै आइएको श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका सचिव शिवप्रसाद गौतमले जानकारी दिनुुभयो । उहाँका अनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन् । पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालाभैरवको पूजा गरिन्थ्यो ।

विसं २०६८ अघिसम्म सानो पानीको ट्याङ्की जस्तो मन्दिर बनाएर त्यसमा पूजा गर्ने गरिएकामा त्यसयता भने व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुुभयो । तत्कालीन शासकले १५ औँ शताब्दीतिर यस स्थानमा कालाभैरवका साथै सुनकेशरीदेवी, कालिका र चण्डीका देवीको मूर्ति स्थापना गरी पूजाआजा गर्ने गरेको पाइन्छ । धार्मिक एवं पुरातात्विक महत्वको नुवाकोट कालाभैरवको संरक्षण र विकाससँगै यसको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नु अपरिहार्य भएको सचिव गौतमको भनाइ छ ।

कालाभैरवको दर्शन गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वासका आधारमा स्याङ्जा र कास्की जिल्लाका साथै विभिन्न स्थानबाट भाकलसहित पूजाआजा गर्न आउने गरेको यहाँका स्थानीयवासी बताउँछन् । प्राचीनकालदेखि नै कालाभैरवको मूर्ति ९शिला० छोपेर राखिएको छ । उक्त शिलालाई हेर्न हुँदैन भन्ने जनविश्वास रहेको छ ।

कालाभैरवको पूजाविधि प्राचीनकालदेखि नै निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा विसं १९९४ वैशाख ३१ गते बिहीबार लेखिएको पूजाविधि अहिले पनि सुरक्षित रहेको बताउँदै सचिव गौतमले त्यही विधि अनुसार तीन सय ६५ दिन नै कालाभैरवको पूजाआजा हुने गरेको जानकारी दिनुुभयो ।

इतिहासमा उल्लेख भएअनुसार तत्कालीन स्याङ्जा नुवाकोट राज्यको सिमाना पूर्वमा कृस्ति, निर्मलपोखरी, भरतपोखरी, कास्कीकोटसम्म, पश्चिममा पर्वतको लिमिथाना, देउपुर, बाजुङ, दुर्लुङ, उत्तरमा कास्कीको केही भाग र दक्षिणमा सतौँ, गह्रौँ, भीरकोटसम्म फैलिएको थियो । तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिकस्थलमा राज्यले चर्चेका भू–भागबाट दर्शनार्थी आउने गरेको सहजै अनुमान गर्न सकिन्छ ।

यहाँको इतिहासलाई पर्यटनसँग जोड्न सकेमा धेरै स्ङ्ख्यामा धार्मिक पर्यटक यहाँ भित्राउन सकिने देखिन्छ । यहाँबाट देखिने माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमाली दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ । इतिहासको संरक्षण र संवद्र्धनको अभावमा धेरै ऐतिहासिकस्थलको गरिमा र महत्व सङ्कटमा पर्दै गएको वर्तमान अवस्थामा १५ औँ शताब्दीदेखि अस्तित्वमा रहेको स्याङ्जा नुवाकोट राज्यसहित यहाँका कालाभैरवलगायतका धार्मिक एवं ऐतिहासिकस्थलको संरक्षण र विकास अपरिहार्य देखिएको छ ।

स्थानीय तहबाट यहाँको प्रवद्र्धनलाई जोड दिइएको फेदीखोला गाउँपालिका–२ का वडाध्यक्ष अविलाश गुरुङले बताउनुुभयो । प्रत्येक वर्षको फूलपाती बढाइँमा गाउँपालिकाले सहयोग गर्दै आएको जानकारी दिँदै उहाँले यहाँस्थित टुँडिखेलको नेपाली सेनाले संरक्षण र विकासमा सहयोग गरिरहेको बताउनुभयो।

पोखराबाट नजिकैको गन्तव्य भएका कारण नुवाकोट कालाभैरव एक दिवसीय हाइकिङका लागि उपयुक्तस्थल भएको हाइकर्स क्लबका सदस्य पितम सेनले बताउनुुभयो । छोटो दुरीमा रहेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्ने क्लबको योजना अनुसार प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न गन्तव्यको प्रवद्र्धन गर्दै आइएको उहाँले जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

  • भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution