Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

रासस ३७१ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २२, सोमबार (१ साल अघि)
दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

बागमती, २२  माघ ।
 उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले सो सम्झोता पत्र खारेजको काम अगाडि बढाएको हो । “सम्झौता गरेर जमिन ओगेट्ने काम मात्र भयो, उद्योग सञ्चालन भएन । फलस्परुप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ”, कार्यालयका प्रमुख भोजराज विडारीले भन्नुभयो । उहाँका अनुसार केही उद्योगका सम्झौता खारेज गर्दा जिल्ला अदालत मकवानपुरमा मुद्दासमेत दायर गरिएका छन् ।
हेटौँडा वडा नं ८ मा रहेको उक्त औद्योगिक क्षेत्रमा एक सय ४७ मध्ये एक सय १५ वटा उत्पादनमूलक उद्योग सञ्चालन छन् । बन्द भइसकेकामा नौ, निर्माणाधी २३ उद्योग रहेका कार्यालयबाट प्राप्त तथ्याङ्कमा जनाइएको छ । ती उद्योगमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।
औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त क्षेत्रमा यसअघि तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन हुने गरेका छन् । कतिपय उद्योग कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थामा रहेका प्रमुख  विडारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय यहाँ सञ्चालित अधिकांश उद्योगको उत्पादन र बिक्ती घट्दै गएको छ ।
उद्योगको अवस्था तीन वर्षयतादेखि दिनप्रतिदिन खस्किँदै गएको, लगानी अनुसार प्रतिफल प्राप्त नहुँदा नोक्सानी बढ्दै गएको विडारीको भनाइ थियो । कोरोना महामारीका साथै अन्य विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दिले उद्योग र व्यवसायको अवस्थामाथि उठ्न नसकेको उहाँले बताउनुभयो ।
यसैबीच, उद्योगको आर्थिक अवस्था कमजोर हुँदै गएकाले भाडा दिनमासमेत समस्या भइरहेको उद्योगीको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, बिक्री नहुनु, बजार व्यवस्थापनमा समस्या, आर्थिक मन्दिलगायत कारणले कमजोर बन्दै गएका उद्योग वाणिज्य सङ्घ हेटौँडाका पदाधिकारीको भनाइ छ । “अहिले बजारको अवस्था कमजोर बन्दै गएको छ ।
पसल र सटर खाली हुँदै गएका छन् । उद्योगबाट उत्पादित सामान बिक्री हुँदैनन् । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको छ । थप लगानीका लागि बैंकले ऋण दिदैँनन्”, हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भन्नुभयो ।
यस क्षेत्रमा निर्माणसम्बन्धी सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्रीसम्बन्धी २८, विद्युतीय सामग्रीसम्बन्धी तीन, खाद्यन्न तथा पेय पदार्थका ११, फर्निचरका छ, इञ्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकलतर्फ  ११, पोल्ट्री तथा  दाना  उद्योगतर्फ दुई, टेक्सटायल उद्योतर्फ एक, खानीजन्यतर्फ तीन र अन्यमा १० वटा उद्योग सञ्चालित छन् ।
उक्त औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थातर्फ ११ कार्यालय रहेका छन् । यस औद्योगिक क्षेत्रको विसं २०२० मङ्सिर २० गते स्थापना भएको थियो । औद्योगिक क्षेत्रको तीन हजार दुई सय २८ रोपनी जग्गा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution