Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

प्रत्यूष २०५१ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २१, आईतबार (२ साल अघि)
उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

काठमाडौँ, २१ माघ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गर्नुभएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानिय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ । आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै सरकारलाई सुझाव दिइसकेको छ ।

विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एक/एक पद रिक्त छन् ।

इलाम निर्वाचन क्षेत्र–२ बाट निर्वाचित नेकपा (एमाले) का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो ।

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्यमा एक, प्रदेशसभा सदस्यमा एक, जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र विभिन्न पालिकाका १७ वडा अध्यक्ष २५ रिक्त पद छन् । ती पदमा उपनिर्वाचनका लागि आयोगले उपप्रधानमन्त्री खड्कासँग आवश्यक छलफल गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution