Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा

रासस ३५० पटक पढिएको प्रकाशित मिति: २०८० माघ २१, आईतबार (१ साल अघि)
ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा

भरतपुर, २१ माघ ।

चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो ।

विभागका प्रमुख पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी थापाका अनुसार गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माण गरिएको छ । निर्माण कम्पनीले काम सम्पन्न गरेको भए पनि केही त्रुटि भेटिएपछि सुधारका लागि केही समय दिइएको उहाँले जानकारी दिनुभयो । यही माघभित्र पुनःनिर्माणको सबै काम सकिने उहाँले बताउनुभयो ।

“पहिला गढीको जस्तो स्वरुप थियो, त्यस्तै पुनःनिर्माण गरेका छौँ”, थापाले भन्नुभयो, “सुख्खा पर्खालमा चुन र इँटाको धुलो प्रयोग गरिएको छ ।” उहाँले ठूलो गढीसँगै सानो गढी र पञ्चकन्य मन्दिर रहेको भन्दै त्यसको पुनःनिर्माणका लागि बजेट प्रस्ताव गरिएको बताउनुभयो । उहाँले सो क्षेत्रमा तीन वटा गुफा रहेको भन्दै त्यस क्षेत्रको बृहत् अध्ययन आवश्यक रहेको बताउनुभयो ।

चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी राप्ती नगरपालिका–१३ मा पर्छ । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम गरिएको छ । त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिएको उहाँले बताउनुभयो।

“गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाएका छौँ”, प्रमुख लामाले भन्नुभयो । गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गर्ने उहाँले जानकारी दिनुभयो ।

“प्रारम्भिक कामका रुपमा जीर्णोद्धार गरिएको छ”, प्रमुख लामाले भन्नुभयो, “त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ।” ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

“नियमित स्थलगतरुपमा निरीक्षण गरेका छौँ, यहाँ पर्यटनको प्रचुर सम्भावना छ”, नगरप्रमुख लामाले भन्नुभयो । उहाँले त्यस क्षेत्रमा रहेको कैलाश पर्वत (सोलीघोप्टे पहाड) मा तान्द्राङ देखि केबलकार निर्माणका लागि अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो ।

गढी पुनःनिर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष श्रेष्ठले पुरातत्व विभागमार्फत २०८० साल जेठ १६ गते सम्झौता गरेर काम गरिएको बताउनुभयो ।

उहाँका अनुसार सम्झौताको म्याद पुस १५ मा सकिएको छ । “डेढ महिनाका लागि विभागबाट समय दिनुभएको छ”, उहाँले भन्नुभयो, “माघ महिनाभित्र सबै काम सम्पन्न गर्छौं ।” तीन सय २२ मिटर क्षेत्रफलमा फैलिएको गढी रु ३५ लाखमा बजेटमा पुनःनिर्माणको काम गरिएको उहाँले बताउनुभयो ।

कान्द्राङगढीमा सेनकालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन् । लिखितरुपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन् ।

राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले कान्द्राङगढी संरक्षणको अभावमा जीर्ण बनेको भन्दै यसको संरक्षणमा जुटेको बताउनुभयो । “यो पुर्खाले धेरै मेहनतका साथ निर्माण गरेको गढी हो, यसको महत्व भविष्यका सन्ततिका लागि झन बढ्नेछ”, उहाँले भन्नुभयो ।

गढीको सुरक्षाका लागि प्रहरीचौकी स्थापना गर्नुपर्ने बताउँदै वडाध्यक्ष प्रजाले त्यसका लागि पहल भइरहेको जानकारी दिनुभयो । “गढीको संरक्षण गर्दै यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “घुम्न आउनेलाई खाने बस्ने ठाउँको व्यवस्था गर्ने योजना बनाएका छौँ।”

स्थानीय इन्द्रबहादुर चेपाङले ५६ दिनदेखि नियमितरुपमा गढी पुनःनिर्माणमा खटिएको बताउनुभयो । उहाँले ढुङ्गा र पानी बोकेर गढी निर्माण गरिरहेको बताउनुभयो । राप्ती नगरपालिका–१३ हर्राबिसौनीस्थित राष्ट्रिय आधारभूत विद्यालय हर्राबिसौनीका शिक्षक ईश्वर रिजाल यो ठाउँ पहिलेको मुख्य भन्सार र आर्मी बस्ने ठाउँ रहेको बताउनुभयो ।

“अङ्ग्रेजसँग युद्ध हुँदा लडेको ठाउँ हो यो”, उहाँले भन्नुभयो, “गढीको पुनःनिर्माणपछि यसलाई पर्यटकीयस्थल बनाउनुपर्छ ।” पानी नहुँदा पनि यस क्षेत्रमा तरकारीखेती राम्रो हुने भन्दै उहाँले यहाँका चेपाङ समुदायको जीवनस्तर सुधार्न गढीले सहयोग पु¥याउने बताउनुभयो ।

ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकको पालामा निर्माण भएको जनविश्वास रहेको छ । समुद्र सतहबाट १४ सय ५० मिटरको उचाइमा रहेको गढीबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभाग सजिलैसँग देख्न सकिन्छ । तत्कालीन सेन शासकले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनले आक्रमण गर्न नसकून् भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुनसक्ने जनविश्वास छ ।

तत्कालीन सेन वंशको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकमा उल्लेख गरेको पाइन्छ । कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्नसके पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने चेपाङ समुदायको संरक्षणका क्षेत्रमा गर्दै आउनुभएका केपीकिरण शर्माले बताउनुभयो । ठूलो मुख्य गढी ५०/६० जना अटाउने र सानो सहायक गढी उत्तरपट्टि छ । गढी वरपरका केही सुरुङबाट तातो बाफ आउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

कान्द्राङगढी पूर्वपश्चिम राजमार्गको भण्डाराबाट ४२ किमीको दूरीमा पर्छ । यस्तै धादिङको मलेखुबाट २२ किमीको यात्रापछि गढीसम्म पुग्न सकिन्छ । भण्डारा–मलेखु चेपाङ मार्गबाट एक किमीको दूरीमा कान्द्राङगढी पर्दछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

  • थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution