Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विकासमा जुट्दै गोगनेवासी

रासस २०० पटक पढिएको प्रकाशित मिति: २०८० माघ १८, बिहिबार (१ साल अघि)
विकासमा जुट्दै गोगनेवासी

भोजपुर, १८ माघ ।
आफू जन्मेको स्थानको विकासमा गोगनेवासी जुटेका छन् । जन्म लिएर काम तथा बसाइँसराइ गरी बाहिर गएका न्यौपानेहरू एकजुट भएर यो स्थानको विकासमा जुटेका हुन् ।

जन्म लिएको भूमिलाई देश–विदेशमा चिनाउने तथा गोगने क्षेत्रलाई पवित्र धार्मिकस्थल बनाउने लक्ष्यका साथ गोगनेका न्यौपाने समाजले यहाँ विभिन्न संरचना निर्माण गरिरहेको छ । समाजले टेम्केमैयुङ–८ गोगनेको धाइपाको विष्णु पाञ्चायन मन्दिरको निर्माण गरेको छ ।

जन्मभूमिको सम्मानस्वरुप यहाँको विष्णु पाञ्चायन मन्दिर स्थापना गरेर अमृत सरोवर पोखरीमा निर्माण थालिएको गोगनेका न्यौपाने समाज काठमाडौँका अध्यक्ष भानुभक्त न्यौपानेले बताउनुभयो । धाइपालाई नेपालको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गराउँदै धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

“जन्मभूमिको सम्मान स्वरुप हामी यो ठाउँको विकासमा जुटेका छौँ”, अध्यक्ष न्यौपानेले भन्नुभयो, “यही भूमिमा जन्मेर हामी विभिन्न ठाउँमा पुगेका छौँ, उन्नति, प्रगति गरेका छौँ, हामीलाई यो स्थानमा यही माटोले पुर्यायो, अहिले हामी जन्मभूमिको विकासमा जुटेका छौँ, यो स्थानलाई नेपालको एक उत्कृष्ट धार्मिक गन्तव्य बनाउने हामीले लक्ष्य लिएका छौँ ।”

गोगनेका न्यौपानेको अगुवाइमा यो स्थानमा २०७५ साल माघमा विष्णु पाञ्चायन मन्दिरको स्थापना गरिएको थियो । यहाँ निर्माण गरिने पोखरीमा नेपाल तथा भारतका विभिन्न पवित्र धार्मिकस्थलबाट जल ल्याइने जनाइएको छ ।

यो क्षेत्रको बृहत् विकास गर्दै धार्मिक पयर्टनका लागि बाहिर गइरहेको पैसालाई नेपालमा नै खर्च गर्ने वातावरण निर्माण गर्ने लक्ष्यले विष्णु पाञ्चायन मन्दिरको विकास भइरहेको न्यौपानेका आदिपुरुष षडानन्दका वंशज पूजा प्रतिष्ठानका संरक्षक दयाकृष्ण न्यौपानेले बताउनुभयो ।

यहाँ निर्माण हुने अमृत सरोवर पोखरीमा देश–विदेशका विभिन्न पवित्र धार्मिक क्षेत्रको जल ल्याइने भएकाले भारतलगायत अन्य ठाउँका धार्मिकस्थलमा नुहाउँदा प्राप्त हुने फल यहीँ प्राप्त हुने उहाँको भनाइ छ । यो धार्मिकस्थललाई नेपालको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

“धार्मिकस्थलको दर्शनका लागि अन्य देशमा जाँदा नेपालको धेरै पैसा बाहिरिने गरेको छ”, उहाँले भन्नुभयो, “हामीले यो धार्मिक क्षेत्रलाई नेपालकै एक उत्कृष्टस्थल बनाउने लक्ष्य लिएका छौँ, यहाँ निर्माण हुने पोखरीमा देश, विदेशका पवित्र धार्मिकस्थलबाट जल ल्याउने छौँ, यसले यहाँको धार्मिक पर्यटनको विकासमा समेत टेवा पुग्ने छ ।”

विष्णु पाञ्चायन मन्दिर परिसरमा न्यौपानेका आदिपुरुष षडानन्दको सालिक, विष्णुपादुका, अष्टचिरञ्जीवी, नवग्रहलगायत देवीदेवताको मूर्ति स्थापना गरिएको छ । मन्दिर परिसरको घेराबारसँगै हेलिप्याडसमेत निर्माण गरिएको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको प्रतिष्ठानका अध्यक्ष धु्रवराज रेग्मीले बताउनुभयो ।

यो क्षेत्रको विकासका लागि दाताबाट रु ५० लाखबराबर सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । यो स्थानलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ प्रतिष्ठानले भावी योजना अघि बढाएको अध्यक्ष रेग्मीको भनाइ छ ।

“विष्णु पाञ्चायन मन्दिरको बृहत्तर विकासका लागि काम गरिरहेका छौँ”, अध्यक्ष रेग्मीले भन्नुभयो, “यसको विकासका लागि सहयोग प्राप्त भइरहेको अवस्था छ, यहाँ विभिन्न देवीदेवताको मूर्ति स्थापनासँगै आवश्यक संरचना निर्माणको काम भइरहेको छ ।”

धार्मिक सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै लोपोन्मुख भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, वेशभूषा, संस्कार, संस्कृति र भाषाभाषीको शिक्षा दिन पाठशाला स्थापना गरिने अध्यक्ष रेग्मीले बताउनुभयो । “यो स्थानमा हामीले पाठशाला सञ्चालनको तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पाठशालामार्फत लोपोन्मुख संस्कार, संस्कृतिका बारेमा बालबालिकालाई शिक्षा दिने लक्ष्य छ ।”

पोखरी शिलान्यासको अवसरमा धाइपामा रहेको जाल्पा प्राथमिक विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको छ । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन यहाँका २९ बालबालिकालाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

    सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

  • आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

  • कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

  • बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

    सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution