Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ढुङ्गामा कला भर्दै गोविन्द बोटे

रासस ३३० पटक पढिएको प्रकाशित मिति: २०८० माघ १५, सोमबार (१ साल अघि)
ढुङ्गामा कला भर्दै गोविन्द बोटे

मध्यविन्दु (नवलपरासी), १५ माघ ।

इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपर्नुभएको छ । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिनुभएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थाल्नुभएको हो ।

बोटे टोलमा बस्दै आउनुभएका उहाँ पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गर्नुभएको छ । खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उहाँको दैनिकी बनेको छ ।

“तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुङ्गालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ”, बोटेले भन्नुभयो, “यो कलाले आफू मरेर गए पनि युगैँयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु ।”

बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ । बोटे समुदायका उहाँलाई बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ । बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन । सानैदेखि चित्र कोर्न मन पराउने उहाँ ढुङ्गाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ ।

“अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु”, बोटेले भन्नुभयो, “१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु ।” ढुङ्गामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ । एकाग्र भएर छिनो र ढुङ्गासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उहाँले बताउनुभयो ।

“सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको रु ४५ हजारसम्म लिने गरेको छु”, उहाँले भन्नुभयो । हिजोआज गोविन्दलाई ढुङ्गा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन् । उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ ।

कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन् । त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए । अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन् । पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुङ्गाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् ।

“सुरुमा योभन्दा अरुनै केही रोजगारी गरौँ भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “ढुङ्गामा मूर्ति कुद्ने काम लोप भइसकेको छ यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ ।”

बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन् । यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायको सहयोग नगरेको गुनासो गरेका छन् ।

“स्थानीय सरकारले ढुङ्गा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो”, गोविन्दले भन्नुभयो, “यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो ।” सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उहाँको विश्वास छ । अहिलेका युवा यो ढुङ्गाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ ।

“यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ”, उहाँले भन्नुभयो, “ढुङ्गाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

    सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

  • आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

  • कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

  • बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

    सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution