Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ३१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ : मन्त्री शर्मा

रासस ४५२ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार (१ साल अघि)
सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौँ, १२ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताउनुभएको छ ।
पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २० औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
“साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन”, मन्त्री शर्माले भन्नभयो, “सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने छ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।”
मन्त्री शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेतको लागिरहेको स्पष्ट पार्नुभयो ।
इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन उहाँको आग्रह थियोे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले पढ्ने मात्रै नभएर सीपमा ढाल्ने अन्तर्राष्ट्रियस्तरमै अभियान चलेको र विद्यार्थीले आफैँले प्राविधिक प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले प्रविधिको विकासमा लागि र त्यसको प्रयोग महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
इन्जिनियर क्याम्पसका डिन शशिधरराम जोशीले इन्जिनियरिङ अध्ययन गर्ने उत्कृष्ट संस्था भएको र राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने भएको बताउनुभयो ।
क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्यले क्याम्पसले प्रदर्शनी तीन दिनसम्म प्रदर्शनी चल्ने जानकारी दिनभयो । प्रदर्शनीमा सूचना प्रविधिको माध्यमबाट पर्यटन, कृषि, स्वास्थ, नयाँ सूचना प्रविधिसम्बन्धी सामग्री राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

  • गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

  • म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

  • नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution