Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ३१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा

रासस ४३८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार (१ साल अघि)
‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा

म्याग्दी (बेनी), १२ माघ ।

उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ ।

पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आउनुभएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गर्नुभयो । लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उहाँहरुले पुर्ख्यौली गाउँमा गर्नुभएको हो ।

छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुर्ख्यौली परम्परा र संस्कृति रहेको छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुर्ख्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन रहेको छ ।

लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुख्र्यौली गाउँठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उहाँका ठूलोबुबा कृष्ण छन्त्यालले बताउनुभयो । “हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, हुर्कियाँै, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ”, उहाँले भन्नुभयो । पुर्पुरोका अवसरमा पुर्ख्यौली समूहले नाचगान गर्ने र स्थानीय आमासमूह र युवाक्लबले स्वागत र सम्मान गर्ने चलन रहेको छ ।

पुर्पुरोका समयमा पुख्र्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्नेगरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरु गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको गरेको छन्त्याल परिवारको भनाइ छ ।

लिएनको पुर्पुरोमा घरपरिवारबाट र अन्य आफन्तबाट रु दुई लाख चार हजार पाँच सय सहयोग जुटेको धवलागिरि गाउँपालिका–५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिनुभयो ।

उहाँले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिनुभयो । विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुर्ख्यौली थलोमै फर्कने परम्परा बनेको छ । मलम्पारका अधिकांश घरबाट वैदेशिक रोजगारमा गएका छन् भने धेरैले गाउँदेखि सहरतर्फ बसाइँ सार्न थालेका छन् ।

दुर्गम गाउँका रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेका आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाहलगायत संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताउनुभयो । यस गाउँबाट बेनी, पोखरा, काठमाडौँ, बुटवललगायतका सहरी क्षेत्रमा बसाइँसराइ गरेका संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यमा राहत हुने गरेको छ ।

यहाँका हरेक व्यक्तिले आफ्नो मनोकाङ्क्षाका लागि मालिकालगायत शक्तिपिठको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेका पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय विष्णुमाया घरब्जा बताउनुहुन्छ । पुर्पुरोको दिनमा पुर्ख्यौली समूहले गीत र नाचबाटै आशिष दिने भएकाले यस दिन देखाउने पुर्ख्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलनसमेत रहेको छ ।

दिनभर सारेठी भाकामा नाच देखाउने पुर्ख्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

  • गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

  • म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

  • नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution