Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

१६औँ आवधिक योजनाबारे उपप्रधानमन्त्री खड्का र आयोगका पदाधिकारीबीच छलफल

रासस ५१८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ९, मंगलबार (१ साल अघि)
१६औँ आवधिक योजनाबारे उपप्रधानमन्त्री खड्का र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ, ८ माघ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले १६औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

आज रक्षामन्त्रालयमा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवलगायतसँग आगामी आवधिक योजना तर्जुमाबारे उपप्रधानमन्त्री खड्काले छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् तिनको समस्या पत्ता लगाइ समाधानका उपायसहित १६औँ योजनाका तर्जुमा गर्न सुझाव दिनुभयो ।

उहाँले आवधिक योजनामा प्रदेशका समस्या, विकास निर्माणमा प्रदेशपछि पर्नुको कारण पनि पहिल्याउन सुझाव दिनुभएको छ । उहाँले योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभुति गर्ने र व्यवहारमा लागू हुने गरी बनाउनुपर्नेमा जोड दिनुभयो ।

“योजना तर्जुमा गर्दा मुलुकको भूगोल र पर्यावरणलाई ध्यान दिनु जरुरी हुन्छ, कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता हुने विषयलाई प्राथमिकतामा राख्नुहोला”, उहाँले भन्नुभयो ।

विकास निर्माणका क्रममा देखा परेका समस्या र तिनको समाधानसहितको कार्ययोजना तर्जुमा आवश्यक रहेको उहाँको भनाइ थियो । लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानको समस्या सम्बोधन हुने गरी योजना बनाउनुपर्नेमा उहाँको जोड थियो ।

“कुनै पनि योजना बनाउँदा जनताले दैनिक पमा बेहोरिरहेका समस्या समाधान हुने र जनताले पाउने सेवाप्रवाह थप सहज हुने गरी बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “साथै योजना कार्यान्वयन योग्य पनि हुनुपर्छ ।”

उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, सदस्य डा.अनिता शाह ढुङ्गाना, सदस्यसचिव डा। तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुहोस् : मेयर भीम प्रसाद ढुंगाना

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution