Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ३१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य : मन्त्री शर्मा

रासस ३५५ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ८, सोमबार (१ साल अघि)
व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य : मन्त्री शर्मा

काठमाडौँ, ८ पुस ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिनुभएको छ ।

रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आज आयोजना गरेको क्षमता विकास कार्यक्रममा उहाँले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “व्यवसाय फस्टाउनका लागि बढी व्यावसायिक र सीपयुक्त बनाउन आवश्यक छ । यो कार्यक्रमले बजारीकरणमा काम गर्नेलाई थप प्रोत्साहन गर्ने विश्वास छ ।” रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उहाँले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

“कहिलेकाहीँ विज्ञापन प्रसारण गर्दा पनि संविधान र प्रचलित कानुनको प्रावधानविपरीत हुने गरेको पाइएकाले त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । बहुविवाह र छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने उद्देश्यले प्रसारण गरेका सामग्रीले पनि कसैको भावनामा चोट पुर्‍याउन हुँदैन”, मन्त्री शर्माले भन्नुभयो ।

विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले आथिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गरेका मिडियाको प्रवर्द्धन गर्न सरकारले आवश्यक पहल गरिरहेकोसमेत बताउनुभयो । कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजार नियमनका लागि बोर्डले विभिन्न काम गरिरहेको जानकारी गराउँदै आगामी फागुनदेखि बोर्डबाट पारित गरेरमात्र विज्ञापन प्रसारण गर्न पाइने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

नेपाल विज्ञापन सङ्घका अध्यक्ष सुदीप थापाले विज्ञापन बजार खुम्चिएकाबेला हरेक सञ्चारमाध्यमले एक अर्काको अस्तित्व स्वीकार गरेर काम गर्दामात्र सञ्चार उद्योग जोगिने धारणा व्यक्त गर्नुभयो ।

बोर्डका सदस्य चेतन अधिकारीले हालसम्म समाचारमा संलग्न जनशक्तिका लागि मात्र विभिन्न कार्यक्रम हुने गरेको अवस्थामा बोर्डले व्यस्थापनमा संलग्न जनशक्तिलाई लक्षित गरी यो कार्यक्रम गरेको बताउनुभयो । दुई दिनसम्म हुने उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको व्यवस्थापन र बजार क्षेत्रमा कार्यरत व्यक्तिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

  • गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

  • म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

  • नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    गाजनेमा स्याउ उत्पादन हुन थालेपछि कृषक उत्साहित

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution