Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ १२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हतुवागढीको संरक्षण गरिँदै

रासस ३४८ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २८, शनिबार (१ साल अघि)
हतुवागढीको संरक्षण गरिँदै

भोजपुर, २८ पुस ।

ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा रहेको उक्त स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा शिलालेखको अनावरण गरिएको हो ।

गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले सेनाले नै त्यसको संरक्षण गर्दै आएको छ । नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी फणीन्द्र थापाले सेनाले गढीको संरक्षणमा गरिरहेको कामसँगै हतुवागढीको इतिहासको बारेमा जानकारी गराउनुभयो । यो एउटा महत्वपूर्ण गढी रहेकोले यसको विकास तथा संरक्षणको लागि नेपाली सेनाले पनि भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताउनुभयो । गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले स्थानीयलाई सहज आवत जावतमा केही समस्या देखिएकाले यसको समाधानको लागि योजनाबद्ध रुपमा काम भइरहेको उहाँको भनाइ छ । यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

“यो हाम्रो ऐतिहासिक गढी हो”, अध्यक्ष राईले भन्नुभयो, “यसको विकास तथा संरक्षणमा गाउँपालिकाले पनि काम गरिरहेको छ । यसलाई पर्यटनसँग जोडेर संरक्षणमा ध्यान दिएका छौँ । हामीले यसको आसपासमा सङ्ग्रहाय निर्माण गर्ने सोच लिएका छौँ ।”

ऐतिहासिक महत्व बोकेको गढी रहेकाले यसको विकास तथा संरक्षणमा ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । समाजसेवी ईश्वरमान राईले गढीको संरक्षणमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै, यहाँको गुल्मको स्थायित्वको लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

खण्डहरको रुपमा रहेको यो गढीको स्थानीय र सेनाको अग्रसरतामा संरक्षण गरिएको उहाँको भनाइ छ । हतुवागढी गाउँपालिकामा १ मा रहेको यो गढीमा तत्कालीन किरात राजाहरुले शासन गरेको बताइन्छ । यो गढी समुद्री सतहबाट एक हजार छ सय ३८ मिटर उचाइमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

  • धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

  • धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

  • धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ जेष्ठ २६ गते सोमबार

    २०८२ जेष्ठ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङको सिद्धलेकले ल्यायो ६० करोडको बजेट

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङमा नयाँ मापदण्ड नयाँ उद्योगमा मात्र लागू

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution