Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी

रासस १०९५ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २५, बुधबार (२ साल अघि)
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी

धादिङ, २५ पुस ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले धेरै सकारात्मक काम गरेको दाबी गर्दै आफ्नो एकवर्षे कार्यकाल कामका दृष्टिले उपलव्धिमूलक रहेको बताउनुभएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख कार्य सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस अवधिमा प्रदेश सरकार तथा कानुनी मन्त्रिपरिषद्का २४ बैठक सञ्चालन भई एक सय ३८ निर्णय गरिएको साथै प्रदेशसभासमक्ष पेस भएका सातवटा ऐन जारी भएको जानकारी दिनुभयो ।
प्रदेश सरकारलाई संस्थागत र सुदृढ बनाउनका लागि आवश्यक कानुन तथा नीतिहरू तर्जुमा गरिएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको दोस्रो आवधिक योजना तयारीको कार्य सुरु गरिएको जानकारी दिनुभयो । प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालय स्थापना गरी सबै जिल्लाबाट सेवा सञ्चालन गर्ने, भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको प्रबन्ध र कर्मचारी वृत्तिविकासका कार्यमा उल्लेखनीय उपलब्धि हासिल भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले सङ्घ, अन्तर प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहसँग सहकार्य र समन्वय गर्नेमा उल्लेखनीय प्रगति भएको बताउँदै प्रदेशभित्रका स्थानीय तहको क्षमता विकासका लागि सरकारले गरेको वित्तीय हस्तान्तरण, लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा योगदान पुगेको जनाउनुभयो । नीतिगत, संस्थागत र कार्यप्रक्रियागत सुधारबाट सार्वजनिक सेवाप्रवाह जनमैत्री र शासन व्यवस्था जवाफदेही एवं पारदर्शी भई सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।
सरकारले संविधान प्रदत्त अधिकारसम्बन्धी सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश निजामती सेवा ऐन स्वीकृत भई सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन भएको, सडक, खानेपानी, सिँचाइलगायत भौतिक पूर्वाधार विकास, प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना, प्रदेश उच्च शिक्षा परिषद् गठन, प्रदेश शिक्षा नीति निर्धारण, प्रदेश अस्पतालको स्तरोन्नति गरी विपन्न असहायका लागि निःशुल्करूपमा स्वास्थ्य सेवा र अस्पतालमा शय्यामार्फत स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको भन्दै मुख्यमन्त्रीले प्रदेशभित्र नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरी प्रदेश सरकारले स्थानीय भाषा संस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
“चेपाङ, चिउरी तथा चमेरो संरक्षण, गृहिणी महिला उद्यमशीलता, दलित समुदाय समग्र विकास, नमूना वडा समाजवादी, समुदायमा आधारित कृषि उत्पादनजस्ता नवीनतम् कार्यक्रममार्फत लैङ्गिक मूल प्रवाहीकरण र सामाजिक समावेशीकरण गरी प्रदेशबासीको रोजगारी र आयस्तर वृद्धिजस्ता बहुआयामिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ । यी उपलब्धि प्रदेशको समग्र विकासका दृष्टिले कोसेढुङ्गा नै हुन्”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।
एक वर्षको अवधिमा स्वीकृत नीति तथा कार्यक्रमअनुसार सार्वजनिक सेवा प्रवाह, सामाजिक तथा पूर्वाधार विकासलगायत नागरिक सरोकारका हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
सरकारले १३ क्षेत्रमा गरेका विभिन्न प्रमुख कार्य समेटिएको पुस्तकसमेत प्रकाशन गरेको छ । आजको कार्यक्रममा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution