Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना

रासस २८३ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २३, सोमबार (१ साल अघि)
पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना

गण्डकी, २३ पुस ।
पोखरामा यही पुुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो ।
पाानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्तालगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा सन् १९८७ देखि जलपन्छी गणना सुरु गरिएको हो ।  सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपन्छी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रर्दशकको सहभागितामा नेपाल पन्छी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पन्छी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताउनुभयो ।
उपत्यकाले जलपन्छी गणनाको २०औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपन्छीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताउनुभयो । उहाँका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पन्छीमध्ये १३ जलपन्छी रहेका छन् ।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दाबढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपन्छीको गणना गरिने एशियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिनुभयो ।
पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रुपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

  • हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

  • नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

  • सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution