Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कोशी प्रदेश स्तरीय भलिबल माघमा

रासस २२९ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १८, बुधबार (१ साल अघि)
कोशी प्रदेश स्तरीय भलिबल माघमा

टक्सार (भोजपुर), १८ पुस ।

जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताउनुभयो ।आगामी माघ २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्दत पुग्नेछ ।

‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेशभरिका पालिकाहरुले नगद दुई हजार पाँच सय तिरेर टोली दर्ता गर्न पाउने अध्यक्ष शेर्पाले बताउनुभयो ।

भलिबलका उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरुमा उत्साहसमेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका उहाँको भनाइ रहेको छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरिरहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रुपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौँ,” अध्यक्ष शेर्पाले भन्नुभयो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताउनुभयो । खेल बिनामानिस अधुरो हुन्छ भने खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

  • सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

  • निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

  • भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक घट्यो

    नेप्से परिसूचक घट्यो

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution