Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति

रासस २८८ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १५, आईतबार (१ साल अघि)
माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति

चितवन, १५ पुस ।

देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो । समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार उपसमिति गठन गरी संयोजक तोक्ने काम सम्पन्न भइसकेको र कार्य विभाजनअनुसार काम सुरु भएको छ ।

समितिले तीन जिल्लाका सुरक्षा निकाय प्रमुखसँग पहिलो चरणको छलफल गरिसकेको छ । विशेष गरी चितवन हुँदै आउने भक्तजनको चाप बढी हुने भएकाले सो क्षेत्रमा व्यवस्थापनको कामलाई तीव्र पारिएको हो ।

मेलामा हुनसक्ने आकस्मिक दुर्घटनालाई रोक्नका लागि नदीको गहिराइ पहिचान गरी क्षेत्र निर्धारण गर्ने, भक्तजनलाई स्नानपछि कपडा परिवर्तनका लागि ‘चेन्जिङ रुम’को निर्माण गर्ने, अस्थायी शौचालय निर्माण, घुम्ती शौचालयको व्यवस्थापन, डुङ्गा व्यवस्थापन, टेलिकमका टावर व्यवस्थापनलगायत कामका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।

देवघाट स्नान गर्न आउने भक्तजनलाई झोलुङ्गे पुलको विकल्पमा कालीगण्डकी पुल, ठिमुरा र दासढुङ्गा पुलको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “झोलुङ्गे पुल पुरानो भएकाले जीर्ण भएको अनुमान गरिएको छ, त्यसैले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।” अघिल्लो वर्षको तुलनामा भक्तजन बढ्ने आँकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष तीन लाख ५० हजार भक्तजनले देवघाटमा स्नान गरेका थिए भने यस वर्ष पाँच लाखले स्नान गर्ने अनुमान गरिएको छ । भक्तजनको चापअनुसार समितिले एक सय ५० स्वयंसेवक परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । टाढाबाट आएका सवारीसाधनलाई पार्किङ लागि छुट्टै व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution