Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

रासस ५४० पटक पढिएको प्रकाशित मिति: २०८० पौष १०, मंगलबार (१ साल अघि)
अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

चितवन, १० पुस 

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो ।

अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ।” उहाँले भन्नुभयो, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उहाँले बताउनुभयो ।

अर्थमन्त्रीले भन्नुभयो, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।” उहाँले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गर्नुभयो ।

सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले भन्नुभयो, “घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ ।” अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उहाँले आह्वान गर्नुभयो । विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उहाँले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको दोहोर्याउनुभयो ।

राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।” असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । “बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ”, अर्थमन्त्रीले भन्नुभयोे ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

  • बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २७ गते सोमबार

    २०८२ असोज २७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution