Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख ३०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भूकम्प प्रभावित जिल्लामा खोप दिइँदै

रासस १७९ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ४, बुधबार (१ साल अघि)
भूकम्प प्रभावित जिल्लामा खोप दिइँदै

काठमाडौँ, ४ पुस ।

सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन गरिने छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुवेलाविरुद्धको खोप छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाइने छ ।

उहाँले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर खोप लगाउन थालिएको बताउनुभयो । “भूकम्पपछि महामारी हुनसक्ने सम्भावना रहन्छ, तीमध्ये सबैभन्दा बढी दादुरा–रुवेला र टाइफाइड हुनसक्ने सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “ती ठाउँका बालबालिकामा पोषण पनि कम भएको होला, दूषित पानी पनि खाएका होलान्, त्यसैले हामीले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछौँ ।”

छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या छ लाख ५० हजार रहेको छ । खोप अभियान यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

  • राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी  गर्न माग

    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution