Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १६, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सालकको महत्व बुझाउन वन कार्यालय धादिङ परिसरमा मुर्ति निमार्ण

प्रत्यूष ६६९ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २, सोमबार (२ साल अघि)
सालकको महत्व बुझाउन वन कार्यालय धादिङ परिसरमा मुर्ति निमार्ण

धादिङ,०२ पौष ।
विश्वकै दुर्लभ बन्यजन्तु सालकको महत्व बुझाउन डिभिजन बन कार्यालय धादिङले कार्यालय परिसरमा सालकको मुर्ति निर्माण गरेको छ । सालकको संरक्षण गर्ने र यसको चोरी पैठारी रोक्ने उदेश्यले कार्यालयले सालकको देवल सहितको मुर्ति स्थापना गरीएको वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायले जानकारी दिनुभयो ।

बन कार्यालयले जिल्लाको १३ वटै स्थानिय सरकारसँग समन्वय गरेर हरेक पालिकामा सालकको मुर्ति बनाउने अभियान सन्चालन गर्ने आर्चायले बताउनुभयो । धादिङ जिल्लामा सबैभन्दा बढी सालक पाईने र सबैभन्दा बढी चोरी पैठारी हुने भएकाले संरक्षणको लागि यस्तो अभियान सन्चालन गरीएको हो । सालकको महत्व थाहा नभएर चोरी पैठारी भएको भन्दै उहाँले यसको महत्व बुझाउन सजिलो होस् भनेर मुर्ति स्थापना गरिएको बताउनुभयो ।

कार्यालयमा आउने सेवाग्राहीहरुले सालकको मुर्ति देखेर त्यसको महत्व बुझ्ने हेर्ने, तस्विर खिच्ने लगायतका क्रियाकलापले सालकको महत्व बुझ्ने उहाँको विश्वास छ । धादिङमा भएको संरक्षित वन्यजन्तु सालकलाई जोगाउनु र जनतालाई चेतना वृद्धि गर्ने वन कार्यालयको पहिलो दायित्व भएको उहाँले बताउनुभयो । धादिङमा सालकको प्रचार, संरक्षण तथा प्रवद्र्धन गर्नलाई अभियानको रुपमा काम गर्छ भन्ने आशयले सालकको मुर्ति स्थापना गरीएको कार्यालयले जानकारी दिएको छ ।

संसारमै दुर्लभ मानिएका ८ प्रजातिका सालकमध्ये नेपालमा कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक आईयूसीएनको अति संकटापन्न सूचीमा रहेको छ । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो सालक जिल्लामा पाइने गरेको छ। त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि बन कार्यलयले काम गरीरहेको छ ।

पछिल्लो समय सालकको तस्करी हुन थालेको छ । जसले गर्दा सालकहरु झन् जोखिममा परेका छन् । तस्करीले मात्र होइन साँघुरिँदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको बासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण एवं प्राकृतिक आहाराको कमी हुँदै जानुले सालक झन् लोपोन्मुख अवस्थामा पुगेको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

  • राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

  • कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

  • सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

  • प्रत्यूष ई-पेपर थप

    गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो

    गायत्री मन्दिर  क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution