Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

रासस ४०९ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौँ, २८ मङ्सिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताउनुभएको छ । बाह्रौँ हस्तकला दिवसका अवसरमा आज  आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उहाँले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।
राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित वस्तुको उपयोगको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हस्तकला उद्योग नेपालको व्यापार मात्र नभई प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो ।
यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न  सकिन्छ ।” हस्तकला उद्योगको विकास र विस्तारबाट मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिनुका साथै आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिने राष्ट्रपति पौडेलको विश्वास छ ।
उहाँले नेपाली हस्तकलाका सामग्री विभिन्न जातजातिको पुख्र्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने बताउनुभयो ।  राष्ट्रपति पौडेलले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।”
 प्रत्यक्षअप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको हस्तकला क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको उल्लेख गर्दै राष्ट्रपतिले यसखालका उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्‍याएको बताउनुभयो । “थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पदार्थ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछिको  गाउँ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो”, उहाँले भन्नुभयो, “सहजै स्थानीय स्रोतको उपयोग गरी गर्न सक्ने व्यवसाय पनि हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकलाको सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।”
राष्ट्रपति पौडेलले परम्परागत सीप र प्रविधि हस्तान्तरण गर्न आवश्यक कार्यक्रम, तालिम सञ्चालका लागि सङ्घ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको बताउनभुयो । उहाँले भन्नुभयो, “मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले पर्यटन व्यवसायमा पनि योगदान पुर्‍याएको छ ।
यस्ता सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न निकायबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।” राष्ट्रपति पौडेलले विश्वबजार प्रतिस्पर्धी बन्दै गइरहेका बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा उत्पादन, बजारको माग, वस्तुको डिजाइन, विका, गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ, व्यापार मेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेकामा जोड दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मुलुकको पहिचानसँग जोडिएको हस्तकला क्षेत्रको विकासमा सरकारले ध्यान दिएको भन्दै उत्पादित सामग्रीको निर्यात सहजीकरण गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । “हस्तकला क्षेत्रले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन हस्तकला क्षेत्रको उल्लेख्य योगदान रहेको छ ।”
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले परम्परागत सीप तथा प्रविधि पछिल्ला पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै हस्तकला क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न सक्नुपर्ने बताउनुभयो । विदेशमा रहेका युवालाई स्वदेश फर्काउने तथा स्वदेशमा रहेका युवालाई यही उद्यमशील बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलालाई समृद्धिको सम्भावना मान्ने अवधारणा अघि सारिएको उल्लेख गर्दै मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न हस्तकला क्षेत्रले महत्त्वपूर्ण सहयोग मिलेको बताउनुभयो । उहाँले हस्तकला क्षेत्रमा ११ लाख बढी श्रमिक आबद्ध भएको जानकारी दिनुभयो ।
हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासङ्घले २०४८ सालदेखि हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला एक लाख बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा हस्तकलाका सामग्री बिक्रीका साथै प्रदर्शनीमा राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

  • करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution