Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

रासस ११०९ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २४, आईतबार (२ साल अघि)
उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता

काठमाडौँ, २४ मङ्सिर ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

यही मङ्सिर १८ देखि २० गतेसम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दैै सम्मेलनमा सहभागी हुनुभएको थियो । नेपाली टोलीमा रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो ।

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रकोतर्फबाट यस कार्यमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाई विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो ।

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको छ । हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली सैनिक कार्यरत छन् । अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ ।

हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका र ६६ जना घाइते भएका छन् । सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्रसङ्घले विशेष महत्त्व दिँदै सराहना गरेको थियो ।

सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको सुधार प्रयासमा नेपाल सधैँ सकारात्मक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिक सदैव संवेदनशिल रहँदै आएको बताउनुभएको थियो ।

साथै नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उहाँको भनाइ थियो । नेपाली शान्ति सैनिक अनुशासन एवं कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुव्र्यवहारप्रति नेपालले शून्य सहनशीलता नीति अवलम्बन गर्दै आएको पनि जानकारी गराउनुभयो । उपप्रधानमन्त्री खड्का यही मङ्सिर १७ गते राति घाना जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution