Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

रासस ३६२ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १९, मंगलबार (१ साल अघि)
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

भरतपुर (चितवन), १९ मङ्सिर ।

दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् ।

पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारीदिनुभयो । उहाँका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ ।

चरा संरक्षणका लागि जनचेतना जगाउन वडामा सोमबार होर्डिङ बोर्ड राखिएको छ । बोर्डमा चरा संरक्षणका बारेमा जानकारी र ३६ प्रकारका चराको सूची राखिएको लिम्बूले बताउनुभयो । “यहाँ जाडो छल्न चरा आउँछन्”, उहाँले भन्नुभयो, “खानेकुरा खोज्दै आउने चरालाई बचाउने हाम्रो जिम्मेवारी हो ।”

चरा संरक्षणका लागि वडा नं २६ ले आर्थिक सहयोग गरेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस वर्ष ५० हजार बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा चरा संरक्षणका लागि बजेट थप्दै लैजाने बताउनुभयो । “संसारमै नभएका चरा यहाँ छन्”, उहाँले भन्नुभयो, “यी चराको संरक्षण गर्न गाउँघरमा जनचेतना जगाउनुपर्छ ।”

उहाँले वडामा कुनै पनि चरा मार्न नपाइने भन्दै चरा संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि पनि चरा महत्तवपूर्ण भएको उहाँको भनाइ छ । चराविज्ञ हठन चौधरीले चरा संरक्षणका लागि जनचेतान जगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्कुलस्तरमा चरा संरक्षणका लागि कार्यक्रम गर्नुपर्ने भन्दै खेतबारीमा रासायनिक विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गर्नुपर्ने बताउनुभयो । साइबेरिया, काजकिस्तान, मङगोलिया, तिब्बत जस्ता मुलुकबाट नेपालमा दुर्लभ चरा आउने गरेको उहाँले बताउनुभयो । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । यसमा ४२ प्रजातिका चरा दुर्लभ चरा यहाँ छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution