Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको धुनिबेशीमा श्रीमती र त्रिपुरासुन्दरी गोलाङमा बृद्धा हत्या गर्ने पक्राउ

प्रत्यूष ४१६ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १९, मंगलबार (२ साल अघि)
धादिङको धुनिबेशीमा श्रीमती र त्रिपुरासुन्दरी गोलाङमा बृद्धा हत्या गर्ने पक्राउ

धादिङबेशी । धादिङमा पछिल्लो समय हत्या भएको घटनाहरु दिनानुदिन बढ्दो रुपमा सार्वजनिक भैरहेका छन् । पछिल्लो समय धादिङको धुनीबेशी नगरपालिका–२ का २७ बर्षीया रामचन्द्र बयलकोटीले आफनै श्रीमतीको हत्या गरेका घटना सार्वजनिक भएको हो ।

२० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरी भागेका आरोपमा रामचन्द्र बयलकोटीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङमा सोमबार पत्रकार सम्मेलन गरेर रामचन्द्र बयलकोटी लगाएतका अभीयुक्तहरुलाई सार्वजनिक गरीएको थियो । रामचन्द्रले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेका र श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेर बयकोटी फरार भएका प्रहरी अनुसन्धान बाट खुलेको छ । लुकिरहेको अवस्थामा बयलकोटीलाई खानिखोलाबाट प्रहरीले प्रक्राउ गरेको थियो ।

यसैबीच त्रिपुरासुन्दरी गाउँपालिका वडा नमम्बर ६ गोलाङकी ६२ बर्षिय मन कुमारी सर्किनीको हत्यामा संलग्न रहेका तीन जना प्रतिवादीहरुलाई पनि सोमबार नै पत्रकार सम्मेलन माफर्त सार्वजनिक गरीएको छ । यहि मंसिर १५ गते रातीको समयमा कुमारी सर्किनीको हत्या अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङ बस्ने शिव बहादुर बस्याल,सोहि स्थान बस्ने टोप बहादुर सार्की र सुनिल नेपालीलाई पक्राउ गरि सार्वजनिक गरीएको हो ।

पटक–पटक विभिन्न अपराधमा संलग्न भई जेल परेका शिव बहादुर बस्यालले घाटी थिचेर हत्या गरेको प्रहरी सामु स्विकार गरेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । प्रतिवादी शिब बहादुर बस्यालले अन्य दुई जनाको पनि सहभागिता रहेको भनेर दुई जनाको नाम पनि दिएपछि प्रहरीले सुनिल नेपाली र टोप बहादुर सार्कीलाई पनि प्रक्राउ गरेको हो । प्रतिवादी शिव बहादुर बस्याल चोरी मुद्दामा २० महिना कैद भुक्तानी गरी मंसिर १४ गते कारगागरबाट छुटेका थिए ।कारागारबाट छुटेकै भोली पल्ट मन कुमारी सार्कीको घरमै गएर हत्या गरेका थिए ।

घट्नाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution