Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

रासस ३६३ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार (१ साल अघि)
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

गोरखा, १८ मङ्सिर 

उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

“सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ”, उहाँले भन्नुभयो, “सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ ।” चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पु¥याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिनुभयो ।

कम्पनीले चालु आवमा सिर्दीबास डिपोका लागि एक हजार क्विन्टल, माछाखोला डिपो, नामरुङ बिक्री केन्द्र र चुम्लिङ बिक्री केन्द्रका लागि पाँच/पाँच सय क्विन्टल चामलको ढुवानी कोटा निर्धारण गरेको छ । “सिर्दीबासमा चालु आवमा पहिलोपटक चामल पु¥याइएको हो”, उहाँले भन्नुभयो, “पहिलो लटमा सिर्दीबास डिपोका लागि ६७ क्विन्टल स्टिम जिरा मसिनो चामल पु¥याइएको हो ।”

कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रको लागि चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ भने चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका लागि लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।

विकटमा रहेको खाद्य डिपो र बिक्री केन्द्रमा समयमै चामल पु¥याउनका लागि छिट्टै ढुवानी गर्न सुरु गरिएको सूचना अधिकारी सुनारको भनाइ छ । खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५६, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ मा मूल्य निर्धारण गरेको छ ।

त्यस्तै माछाखोला डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ र नामरुङ बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९१ मूल्य तोकेको छ ।

चुम्लिङमा रहेको बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९० मा बिक्री गर्ने गरी मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ । कम्पनीले नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा पनि तत्कालै चामल ढुवानी गर्नका लागि ठेकेदार कम्पनीसँग छलफल गरिरहेको सूचना अधिकारी सुनारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

  • तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

  • नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

  • सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

    सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution