Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तनहुँ र चितवन जिल्ला जोड्ने पुल निर्माण अलपत्र

रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर १५, शुक्रबार (२ साल अघि)
तनहुँ र चितवन जिल्ला जोड्ने पुल निर्माण अलपत्र

दमौली (तनहुँ), १५ मङ्सिर ।
तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो ।
पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० मिटर लम्बाइ र ८।५ मिटर चौडाइ भएको उक्त पुल ढलान भइसकेर पनि पहुँचमार्ग तयार नभएको अवस्थामा अलपत्र अवस्थामा रहेको छ ।
एक दशकअघिदेखि निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । पुलको पहुँचमार्ग तयार नहुँदा पैदल हिँडडुल गर्न बाहेक सवारीसाधन गुडाउन मिल्दैन । घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक टङ्कनाथ पौडेलले उक्त पुल निर्माण नसके कानुनी बाटोमा अगाडि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भरतपुरतर्फको भागमा ठूलो खाल्डो रहेकाले कुनै पनि समयमा दुर्घटना हुन सक्छ । मान्छे हिँड्दा खस्नसक्ने जोखिम उत्तिकै छ । एक साताभित्र उक्त खाल्डो पुरेर सहज नबनाए सडक डिभिजन कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीसमक्ष जान्छौँ ।”
उक्त पुललाई आगामी माघेसङ्क्रान्तिमा उद्घाटन गर्ने आफूहरुको योजना रहेको भन्दै पौडेलले त्यसअघि नै पुलमा यातायात सञ्चालन गर्ने गरी काम सम्पन्न गराउन ध्यानाकर्षण गराइएको बताउनुभयो । पुलको उपभोक्ता समितिको बुधबार बैठक बसेर पुल शीघ्र निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उहाँको भनाइ छ ।
तनहुँको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जतिसक्दो चाँडो पुलको आवश्यक संरचना तयार हुनुपर्ने बताउनुभयो । पुल निर्माणका लागि विसं २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि पटकपटक म्याद थप भएको थियो । अन्तिम पटकका लागि विसं २०७८ असार १२ सम्म म्याद थप भएको थियो । त्यस अवधिमा पनि पुलको काम सम्पन्न हुन सकेको छैन । पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
निर्माणका क्रममा दुई पटक उक्त पुल भत्किएको थियो । त्यस क्रममा तीन जना मजदुरले ज्यान गुमाएका थिए । पहिलो पटक विसं २०७७ चैत २४ गते पुल भत्किँदा मानवीय क्षति भएको थिएन । दोस्रो पटक विसं २०७८ वैशाख १२ गते पुल भत्किँदा काम गरिरहेका तीन जना मजदुरको नदीमा डुबेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution