Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बीउ अभावले गोरखामा आलु उत्पादन कार्यक्रम रोकियो

रासस ६०२ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ७, बिहिबार (१ साल अघि)
बीउ अभावले गोरखामा आलु उत्पादन कार्यक्रम रोकियो

गोरखा, ७ मङ्सिर ।

गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ । कृषि ज्ञान केन्द्र गोरखामार्फत लागू गर्ने गरी विनियोजन भएको रु एक करोड ४० लाख बजेटको कार्यक्रम बीउको अभावका कारण स्थगित गर्नुपरेको कार्यालयका प्रमुख नीलकण्ठ पोखरेलले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्ने गरी प्रशोधन योग्य आलु उत्पादनका लागि बजेट विनियोजन भएको थियो”, उहाँले भन्नुभयो, “तर आलु रोप्ने बेलामा बीउ नपाएपछि कार्यक्रम नै सञ्चालन गर्न सकिएन ।”

केन्द्रले आलुको चिप्स उत्पादन गर्ने चिप्स उत्पादक कम्पनी फस्ट च्वाइस रुपन्देहीसँग किसानले उत्पादन गर्ने आलु खरिद गर्नेगरी सम्झौता गरेर कार्यक्रम अगाडि बढाउने तयारी गरिएको भए पनि आलु रोप्ने समयमा बीउ नै पाउन नसकिएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो।

“मूल्य निर्धारण गरी किसानले उत्पादन गरेका सबै आलु कम्पनीले खरिद गरिदिने र ज्ञानकेन्द्रले किसानलाई अनुदानमा बीउ दिने गरी योजना बनाएर कार्यक्रम बनाइएको थियो”, उहाँले भन्नुभयो, “आवश्यक बीउसमेत कम्पनीले उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि आलु लगाउने बेलामा भने बीउ उपलब्ध गराउनै सकेन ।”

ज्ञानकेन्द्रले गएको जेठ र असोजमा समेत कम्पनीसँग बीउ उपलब्ध गराउने विषयमा पटकपटक छलफल गरेको थियो । “कम्पनीले ढुक्क हुनुहोस् हामी चाहिए जति बीउ दिन्छौँ भन्यो”, उहाँले भन्नुभयो, “कात्तिक तेस्रो सातासम्म पनि जहाँबाट भए पनि हामी नै ल्याएर दिन्छौँ भन्यो तर अहिले आलु लगाउने बेलामा बीउ दिन नसकेपछि कार्यक्रम नै अघि बढाउन सकिएन ।”

चिप्स उत्पादनका लागि कम्पनीसँग सम्झौता गरेर खुमल उत्सव, खुमल उज्वल र खुमल उपहार जातको आलु राम्रो हुने भएकाले यिनै प्रजातिको आलु लगाउने गरी कार्यक्रम तय गरिएको थियो । गोरखा जिल्लाभित्र करिब ६७ मेट्रिक टन उक्त जातको आलुको बीउ खरिद गरेर करिब एक हजार रोपनी क्षेत्रफलमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम लागू गर्ने तयारी केन्द्रले गरेको थियो ।

“कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि मात्र रु ५२ लाख बजेट आएको थियो”, प्रमुख पोखरेलले भन्नुभयो, “त्यसबाहेक किसानले उत्पादन गर्ने आलुमा प्रतिकिलो रु दुई प्रोत्साहन उपलब्ध गराउने, चिप्स बनाउने आलुको प्रदर्शनी, किसानलाई तालिमलगायतका शीर्षकमा बजेट विनियोजन भएर आएको थियो ।” कम्पनीले बीउ दिन नसकेपछि काभ्रेलगायतका क्षेत्रमा ज्ञानकेन्द्रले पनि बीउको खोजी गरेको भए पनि नपाएको उहाँको भनाइ छ ।

कार्यक्रम सञ्चालन गर्न सकेको भए करिब दुई हजार मेट्रिक टनसम्म आलु उत्पादन गर्ने लक्ष्य कार्यालयको रहेको थियो । कार्यक्रम कार्यान्वयन गर्न नसक्दा जिल्लाका दुई सय ५० परिवार आर्थिक आयआर्जन वृद्धिको अवसरबाट वञ्चित भएका छन् । आलु खेतीका लागि केन्द्रले गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकाका विभिन्न क्षेत्र छनोटसमेत गरिसकेको थियो ।

गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले यस वर्ष गोरखासहितका विभिन्न छ जिल्लामा समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम लागू गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    ‘के–फुड’ कार्यक्रम सम्पन्न

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution