Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ६, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार (२ साल अघि)
कांग्रेस महामन्त्रीद्वय भूकम्पप्रभावित क्षेत्रमा, सात कार्य विषयमा केन्द्रित हुने

काठमाडौँ, २२ कात्तिक ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा गत शुक्रबार पश्चिम नेपालमा गएको भूकम्पपछि भएको जनधनको क्षतिमा पार्टीका तर्फबाट आवश्यक अनुगमन र सहजीरकणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

कांग्रेसले भूकम्पपछि भएको जनधनको क्षतिमा आवश्यक सहजीरकणका लागि ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गरेको थियो । उहाँहरु समितिका तर्फबाट आज जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावित क्षेत्र पुग्दै हुनुहुन्छ ।

कांग्रेसले उद्धार, राहत र पुनःस्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गरेको थियो। भूकम्पपछि कांग्रेसले हालसम्म उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन, सरकारको राहत कोषमा रु ५० लाख सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रम स्थगन, कयौंँ जिल्लाबाट पार्टीका स्वयंसेवक राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधि प्रबन्ध, पार्टीको धारणा र सुझाव तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने अत्यावश्यक कार्यसहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराइसकेको छ ।

महामन्त्रीद्वय थापा र शर्मा केहिदिन त्यहाँ रहेर उहाँहरुले सात बुँदे कार्य’ मा ध्यान केन्द्रीत गर्नुहुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँहरुले राहत वितरणमा देखिएका कमजोरीको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्नुहुनेछ ।

साथै उहाँहरुले सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्नुहुनेछ । महामन्त्रीद्वयले उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन रु सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न÷गराउन सुझाव र सहजीकरण गर्ने /गराउनुहुनेछ ।

उहाँहरुले स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनःस्थापनामा सम्पादन गर्नुपर्ने विषयको अध्ययन गर्नुहुने कांग्रेसले जनाएको छ । भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने जिम्मेवारीसमेत उहाँहरुलाई तोकिएको छ ।

महामन्त्रीद्वयले सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्नुहुनेछ । साथै उहाँहरुले पुनःस्थापना र पुनःनिर्माणका लागि कांग्रेसको धारणा कार्यान्वयनमा के कस्तो समस्या आइपर्न सक्छन्, सरोकारवालाको सुझाव के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्नुहुने बताइएको छ ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप सङ्घमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पु¥याउनु हुने पार्टी कार्यालयले जनाएको छ ।

फाइल तस्विर

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

  • भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution