Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानलाई

रासस ४८४ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १९, आईतबार (२ साल अघि)
आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानलाई

काठमाडौँ, १९ कात्तिक ।
आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो ।
निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । बाइस रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुमायो ।
ओमानका लागि बिलाल खानले दोस्रो बल डट राखे भने तेस्रो र चौथो बलमा नेपालले एक/एक रन बटुल्यो । पाँचौ र छैँटौ बलमा कुशल मल्लले लगातर दुई चौका प्रहार गरे पनि नेपालको जीतका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
ओमान ओमानका लागि कश्याप प्रजापति ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए । कप्तान जिशान मकसुदले १८ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाए । अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए भने प्रतीक अथावाले सात रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र करन केसीले दुई÷दुई विकेट लिए भने सोमपाल कामी, गुल्शन झा, अविनाश बोहोरा र विवेक यादवले एक/एक विकेट लिए । नेपालको इन्ङिसमा गुल्शन झाले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रनको योगदान दिए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो ।
त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । छ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।
त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् । यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए ।
उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी  अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे । त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसिले अविजित २० रन जोडे ।
बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए । त्यस्तै  जिसन मक्सुदले  एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

  • रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

  • स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

  • गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution