Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २७, मंगलबार १३ : ५६ : १५
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रिगलको कैद मिनाह सर्वोच्चद्वारा बदर

रासस २८० पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
रिगलको कैद मिनाह सर्वोच्चद्वारा बदर

काठमाडौँ, १६ कात्तिक
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्तरुपमा  खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी गरेको हो ।
अदालतको फैसलामा भनिएको छ, “निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।”
संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकाल ९रिगल० को कैद मिनाहा भएको थियो । उक्त निर्णयविरुद्ध रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरका पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वको टोलीले बहस गरेको थियो ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भएपनि हेर्न नमिल्ने भएपनि सुनुवाइ सरेको थियो । त्यसअघि गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो।
साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्न समेत आदेश दिएको थियो । इजलासले सञ्चारमाध्यमको समेत ध्यानाकर्षण गराएको छ ।
“अदालतमा विवादले प्रवेश पाएपछि मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय विवादका सन्दर्भमा सर्वसाधारणमा अनावश्यक शंका उपशंका, भ्रम पैदा हुने गरी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सम्प्रेण हुने गरेको सिलसिला प्रस्तुत विवादका सन्दर्भमा पनि कायम रहेको देखिएको छ”, अदालतको आदेशमा भनिएको छ, “यसप्रकारणको प्रवृत्तिप्रति यस इजलासको ध्यानकर्षण भएको छ ।
न्यायिक प्रक्रियामा रहेका विषयमा अनावश्यक र भ्रमपूर्ण सूचना जानकारीहरु प्रचारप्रसार गरिएका विषयलाई कुनै सन्दर्भमा कानुनी दायरमा ल्याउनुपर्ने अवस्था समेत रहन सक्दछ, त्यसैले विचाराधीन मुद्दाको विषयबस्तुलाई लिएर अल्पसूचनाको आधारमा प्रकाशन र प्रशारण नगर्न नगराउन र अदालतको न्यायिक प्रक्रिया सहयोग गर्न सबै सञ्चारमाध्यमलाई अनुरोध गर्नु भनी सर्वोच्च अदालत प्रशासनका नाममा निर्देशनात्मक आदेश हुने ठहर्छ ।”
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

    विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

  • विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

    विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

  • मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

    मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

  • गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

    गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २६ गते सोमबार

    २०८२ साउन २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

    विश्व हात्ती दिवसः बासस्थान अतिक्रमणले मानव–हात्ती द्वन्द्व बढ्दो

    विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

    विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

    मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

    मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

    गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

    गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको छः राष्ट्रपति पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution