Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

टी ट्वाटी क्रिकेट : नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

रासस ४९२ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १०, शुक्रबार (२ साल अघि)
टी ट्वाटी क्रिकेट : नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

काठमाडौँ, १० कात्तिक ।

त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई १६३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै, करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।

दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए । त्यस्तै, आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् ।

कुशल मल्ल १ रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए । बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई/दुई विकेट झारे । त्यस्तै, जुनैद शिद्धिकीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

  • देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution