Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिपक्षको खबरदारी र सरकारको जवाफदेहीताबीच सन्तुलन अभाव छ : सांसद बराल

रासस २०११ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ९, बिहिबार (२ साल अघि)
प्रतिपक्षको खबरदारी र सरकारको जवाफदेहीताबीच सन्तुलन अभाव छ : सांसद बराल

काठमाडौँ, ९ कात्तिक : प्रतिनिधिसभा सदस्य भएपछिको पहिलो दसैँ सांसद सुनिता बरालका लागि केही भिन्न अनुभूतिको रह्यो । आफन्त र टोल–छिमेकमा छोरी, चेली, बहिनी भनेर विगतमा गरिने व्यवहारमा सायद भूमिकाका हिसाबले केही परिवर्तन पा¥यो होला । उहाँसँग भेटघाटका अवसरमा व्यक्तिगत कुराकानीका साथै विकास, निर्माण र राजनीतिक स्थिति आदिबारे छलफल भए । “देशको राजनीति किन यस्तो भएको होला रु र अबको राजनीति कुन दिशातिर मोडिएला रु” भन्ने प्रश्नहरू सांसद बरालका सामु तेर्सिए ।

बडादसैँका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित गृह जिल्ला झापामा औपचारिक र अनौपचारिक राजनीतिक गतिविधिमा पनि संलग्न उहाँलाई जनस्तरमा राष्ट्रिय राजनीतिबारे देखिएको चिन्ता र जिज्ञासाले आफूहरू थप जिम्मेवार हुनुपर्ने बोध गरायो । कानुनमा स्नातकोत्तर बराल एमालेको समानुपातिकतर्फको प्रतिनिधिसभा सदस्यमा विद्यार्थी सङ्गठनबाट राजनीति गर्दै आउनुभएको हो ।

विधिशास्त्रमा पढाइएको वा पढिएजस्तो सैद्धान्तिक रेखाबाट राजनीतिको बाटो नकोरिने रहेछ । कानुन निर्माणमा सांसदको भूमिका पनि उही सिद्धान्त वा कुनै मुलुकको अभ्याससँग नमिल्दो रहेछ ।

एमालेका केन्द्रीय सदस्य उहाँ अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले विधि निर्माण नै सांसदको काम हो भन्नेमा स्पष्ट हुनुहुन्छ तर गत निर्वाचनयता कति कानुन बने रु या त्यसमा सांसदको सक्रिय भूमिका कस्तो रह्यो भन्नेमा सांसद बराल सन्तुष्ट हुनुहुन्न । “कानुन निर्माणका लागि संसद्मा टेबल गर्ने काम सरकारको हो र संसद्लाई गतिशील बनाउन सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । सांसदलाई कानुन निर्माणमा पर्याप्त सहभागी गराउने काममा सरकार चुकिरहेको छ ।” उहाँ भन्नुहुन्छ, “यसमा हाम्रो पनि खबरदारी पुगेको छैन । कतिपय माग सुनुवाइ नभएर सदन नै अवरोध गर्नुपरेको छ । सरकार आफैँ जवाफदेही हुने र हामीले खबरदारी गर्ने कुरामा सन्तुलनको अभाव छ । कानुन बनाउने विषयमा सरकार बढी जिम्मेवारी हुनैपर्छ ।” प्रतिपक्षले उठाएका जायज कुरालाई यथासमयमै सरकारले सहीरुपमा सम्बोधन गरेमा सदन अवरोध गरिरहनु नपर्ने र प्रतिपक्षले पनि धेरै दिनसम्म अवरोध गर्ने कुरामा समीक्षा गर्नुपर्ने सांसद बराललको तर्क छ ।

संसद्मा आफूहरूले उठाएका विषयमा सरकारले पर्याप्तरुपमा सुनुवाइ नगरेको उहाँको गुनासो छ । “एउटै कुरा कति पटक भन्नु रु सुनेर पनि नसुनेको जस्तो गर्नाले लोकतान्त्रिक व्यवस्थामा जनताप्रतिको जवाफदेहीता प्रदर्शन हुँदैन”, सांसद बराल भन्नुहुन्छ, “सार्वभौम संसद्प्रति सरकार जिम्मेवार हुनुपर्ने हो तर यहाँ त जवाफदेहीता कत्ति पनि पाइएन । संसदीय प्रक्रियामा पनि कमीकमजोरी छन् । संसदीय नियमावली र प्रक्रियालाई फेरबदल गर्नुपर्छ । सांसदले केबल अभिलेख र आत्मसन्तुष्टिका लागि मात्रै बोलेकोजस्तो भएको छ । यसमा परिवर्तन गर्नुपर्छ ।”

यस विषयमा कसलाई बढी जिम्मेवार मान्नुहुन्छ रु भन्ने प्रश्नमा सांसद बरालको जवाफ छ, “पहिलादेखि चल्दै आएको संसदीय अभ्यासलाई निरन्तरता दिने मनोविज्ञानको नेतृत्व र जवाफदेही नभए पनि फरक पर्दैन भन्ने सरकारको सोच गलत छ ।”

सांसद विकास निर्माणका कामका लागि मन्त्रालयतिर धाउनुपर्ने स्थितिको अन्त्य नभएको स्वीकार गर्दै उहाँ विकास निर्माणसँग जोडिएका काम स्थानीय तहबाट हुन्छ भन्ने आफूहरूले बुझाउन नसकेको, भौतिक पूर्वाधारका काम नभए जनताले नपत्याउने र फेरि जित्न नसक्ने खालको निर्वाचनको ढाँचाका कारण यस्तो भएको टिप्पणी गर्नुहुन्छ । जनताले पनि सङ्घीयताप्रतिको ढाँचालाई सहीरुपमा आत्मसात् गर्नुपर्ने सांसद बरालको सुझाव छ ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएका उहाँले सांसदमा शिक्षाका विषयलाई नै केन्द्रमा राखेर बढी आफूले बोल्ने गरेको बताउनुहुन्छ । अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा रहेकाले त्यस समितिका दायरामा पर्ने विषयमा रुचि बढाउँदै बोल्ने गरेको जानकारी दिँदै सांसद बराल सदनमा आफ्नो पहिलो मन्तव्यमा सङ्घीय शिक्षा ऐन छिटो ल्याउन माग गरिएको उल्लेख गर्नुहुन्छ । अहिले उक्त ऐन विचाराधीन अवस्थामा छ ।

विद्यालय शिक्षा विधेयक, २०८० लाई विद्यालयको संरचनागत सुधार, लगानीवृद्धि, गुणस्तर र सङ्घीयता अनुकूल हुनेगरी परिमार्जन गर्न उहाँले संशोधन प्रस्ताव पेश गर्नुभएको छ । नेपाल शिक्षक महासङ्घसँगका सहमतिको कार्यान्वयन कसरी हुन्छ त भन्ने प्रश्नमा सांसद बराल सहमतिका अतिरिक्त सङ्घीयतालाई आत्मसात् गर्दै स्थानीय सरकारको संवैधानिक भूमिकालाई सम्मान गर्ने गरी विधेयकलाई परिकृष्त गर्नुपर्ने जोड दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

  • पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

  • एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

  • बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution